पार्टीको काममा तार नजुधाऔं : शाही

पार्टीको काममा तार नजुधाऔं : शाही

  दैलेख । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री जीवन बहादुर शाहीले पार्टीको काममा तार जुधाउने काम नगर्न कार्यकर्ताहरुलाई सुझाव दिएका छन् ।  पार्टीले दैलेख सदरमुकाममा आयोजना गरेको अन्तरक्रिया तथा प्रवोधनका कार्यक्रममा यस्तो बताएका हुन् । 
 बिजुलीको नेगेटिभ र पोजेटिभ तार छुट्टाछुट्टैले बत्ति बल्छ तर दुइटै तार जुधाउँदा बिजुली सर्ट भएर दुर्घटना हुन्छ, नोक्सानी गर्छ । त्यसैले अबको काँग्रेस पार्टीमा दुईवटै गुट मिलेर बत्ती बाल्नुपर्छ,उनले भने  । पार्टीमा राम्रो काम गरेपछि आफै उफ्रिएर आउँछन् । तपाई राम्रो काम गर्नुहोस । कसैलाई पनि पार्टीमा आउनुहोस भन्नुपर्दैन । सुन्तलाको प्रख्यात जिल्ला दैलेख काँग्रेस बलियो जिल्ला भएको बताए । यहाँको महिलामा चेतना छ,तत्कालिन सशस्त्र द्धन्द्धको वेला माओवादी विरुद्धको प्रतिकार गरेर यो जिल्लाको महिलाले सुर्वण अक्षरले नाम लेखाई सक्नु भएको छ,हामीले हाम्रा इतिहासलाई मात्र बचाई राख्यौं भने भोलिका सन्ततिका लागि काम लाग्छ ।त्यसैले हामीले अब फाटेको दही होइन,जमेको दही बन्नसक्नुपर्छ उनले थपे । 

उक्त कार्यक्रममा विभिन्न व्याक्तिहरुले अन्तरक्रिया बारे सल्लाह र सुझाव दिएका थिए भने कार्यक्रममा अधिकाँश सहभागीको काँग्रेसले आफ्ना कार्यकर्तालाई कुनै पनि सहयोग नगरेको गुनासो गरेका थिए । सोही कार्यक्रममा  पार्टीका प्रदेश प्रवक्ता दमन शाही, महासमिति सदस्यहरु भूपेन्द्रबहादुर शाही, मधुरविक्रम खनाल, टेकबहादुर कटुवाल, किरण भण्डारी, बासना थापा, निर्वाचन क्षेत्र स्तरीय क्षेत्रीय समितिका सभापतिद्वय दशरथ खड्का, भरतप्रसाद रिजाल, महाधिवेशन प्रनिनिधिहरु पशुपति सोनी, भूपेन्द्र शाही, इश्वर बिष्ट, काँग्रेसका जिल्ला सचिवद्वय खेमराज ओली र नारायण रेग्मी लगायतको उपस्थिति थियो ।

अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले पार्टीबाट जितेका जनप्रतिनिधिहरुले काँग्रेसलाई नै अवसरहरुबाट बञ्चित गर्ने, विभिन्न स्वार्थमा काम गरेको, समुदायमा कमजोर र पिछडिएको समुदायलाई श्रोत र अवसर नदिएको समस्या दर्शाएका थिए । दैलेख सदरमुकामको गणेशचोकबाट सुरु भएको बाजागाजा सहितको ¥यालीले नगर परिक्रमापछि जिसस सभाहलमा पुगी अन्तरक्रिया कार्यक्रम सुरु गरिएको थियो ।

प्रतिक्रिया