बिरोध गर्नेहरु टुक्रे योजना चलाउँछन् :शाही

बिरोध गर्नेहरु टुक्रे योजना चलाउँछन् :शाही

     दैलेख । नेपाली काँग्रेस कर्णाली प्रदेशसभाका संसदीय दलका नेता पूर्व मुख्यमन्त्री जीवन शाहीले विरोध गर्नेहरुले नै  टुक्रे योजना सञ्चालन गरिरहेको बताए ।  प्रेस यूनियनले दैलेखमा आयोजना गरेको पत्रकार सम्मेलनमा  यस्तो बताएका हुन् । 
उनले भने, पहिले १५ लाख भन्दा साना योजना चल्नुहुन्न भन्ने व्यक्ति आज आफैले टुक्रे योजना चलाइरहेका छन् । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल प्रतिपक्षमा हुँदा १५ लाख भन्दा साना योजना चलाउनुहुन्न भनेर संसद अवरुद्ध गर्ने व्यक्ति आज जिम्मेवारीमा आउँदा यो कुर्चीमा गाह्रो रैछ भनेर अहिले आफैले त्यस्तै टुक्रे योजना चलाइरहेका छन् ।’ अन्यले काम गर्दा विरोध गर्ने आफु जिम्मेवारीमा हुँदा खुसुखुसु गरिरहने यो राम्रो भएन ।’

  पहुँचका आधारमा योजना पाउने र पाएको योजनाहरु सदुपयोग नहुने यो समस्या निराकरण गर्न सबैले इमान्दार भएर सुशासन र जवाफदेहिताको पैरबी गर्नुपर्छ । पत्रकार सम्मेलनमा उठेका प्रश्नहरुको जवाफ दिंदै उहाँले दैलेखमा माथिल्लो कर्णाली जलविद्युत आयोजना लगायतका पूर्वाधार निर्माणमा प्रदेश सरकार र संघीय बजेट बढाउन दवाव बढाउनपर्ने आवश्यकता रहेको जानकारी दिए । मैले माथिल्लो कर्णालीको म्याद थप्नु हुदैन भनेर मन्त्रालयमै पुगेको थिए । यतिका बर्षसम्म पनि जिएमआरले लगानी जुटाउन नसक्दा अन्यौलमा छ । विद्युत भयो भने सबै कुरा सम्भव छ । तर नेपालीले बनाउन सक्दैनन् । 

नेपाल प्रेस यूनियन दैलेखका जिल्ला सभापति अभिशेक अनुरागको अध्यक्षतामा भएको पत्रकार सम्मेलन कार्यक्रममा प्रतिनिधिसभाका सदस्य सीताकुमारी राना, जलश्रोत तथा ऊर्जा मन्त्री बिजया बुढा, कर्णाली प्रदेशसभाका सदस्य पूर्णबहादुर खत्री, नेपाली काँग्रेसका कर्णाली प्रदेश सभापति ललितजङ्ग शाही, जिल्ला सभापति मणिराम रेग्मी लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया