सोसेकद्धारा वादी सरोकार मञ्चलाई खाद्यान्न सहयोग
सुर्खेत । सामाजिक सेवा केन्द्र सोसेकद्धारा सुर्खेतको वीरेन्द्रनगरमा रहेको वादी सरोकार मञ्चलाई खाद्यान्न सहयोग गरेको छ ।एईआईएन लग्जम्वर्गको आर्थिक सहयोगमा सोसेक नेपालको सहजीकरणमा प्रतिनिधि सभा सदस्य एवम बाल अधिकारका लागि संसदीय मञ्चका संयोजक सिता कुमारी रानाले वादी समूदायका बालबालिकाका लागि आर्ईतवार खाद्यान्न हस्तान्तरण गरेकी हुन ।
खाद्यान्न सहयोग हस्तान्तरण गर्दै उनले भनिन् बालबालिकालाई एकै स्थानमा राखेर शिक्षा दिक्षा दिलाउन गरेको प्रयास र खेलेको भूमिका अत्यन्तै सह्रानीय छ । यो सानो सहयोगले तत्कालका लागि सहयोग हस्तान्तरणले बालबालिकालाई सहयोग पुग्नेमा विश्वास लिएको बताईन । आफूहरु बालबालिकाको अधिकारको क्षेत्रमा निरन्तर क्रियाशील भइरहेको बताउँदै आफ्नै नेतृतवमा अहिले सातै प्रदेशमा बाल अधिकारका लागि संसदीय मञ्च गठन गरिएको बताईन । मैले मेरो तर्फबाट गर्न सक्ने सहयोग गर्न तयार छु । यहाँहरुका बारेमा म संघीय संसद देखि आफू सहभागि महिला तथा सामाजिक विकास समितिमा पनि आवाज उठाउनेछु, उनले थपिन ।
सोसेकले सरोकार मञ्च बादी समुदायका लागि ४ क्वीन्टल चामल र १६ प्याक दाल हस्तान्तरण गरेको थियो । वादी सरोकार मञ्चले वादी समूदायका ११० जना विद्यार्थीहरुलाई निःशुल्क खान र बस्नेका साथै अध्यापन गराउने कार्य गर्दै आइरहेको छ ।उक्त संस्थाका अध्यक्ष हिक्मत वादीले सोसेकले खाद्यान्न सहयोग गरेर ठूलो सहयोग गरेको बताए । उनले दातृ संघसंस्था तथा दाताहरुबाट नै बालबालिकाको लालन पालन गर्ने व्यवस्था मिलाई रहेको बताउँदै आगामी दिनमा पनि संस्थाबाट यस्तै सहयोगको अपेक्षा गरेको छु, अध्यक्ष हिक्मतले भने । खाद्यान्न वितरण कार्यक्रममा सोसेका अध्यक्ष हिरासिंह थापाको पनि सहभागिता रहेको थियो ।
प्रतिक्रिया