वीरेन्द्रनगरमा प्रदेश स्तरीय बालअधिकारका लागि संसदीय मञ्चको बैठक

वीरेन्द्रनगरमा प्रदेश स्तरीय बालअधिकारका लागि संसदीय मञ्चको बैठक

 

काठमाडौँ -   कर्णाली प्रदेशका प्रमुख अधिकारीहरूको उपस्थितिमा बालअधिकारको संरक्षण र समन्वयका लागि संसदीय मञ्चको बैठक वीरेन्द्रनगरमा सम्पन्न भएको छ। बैठकमा बालबालिकाको अधिकार र संरक्षणका मुद्दामा संसदीय मंन्चको कार्यविधि निर्माणका लागि कार्ययोजना निर्माण गर्ने बारेमा निर्णय भएको छ।

बैठकमा संसदीय मञ्च संघिय संयोजक एवंम प्रतिनिधि सभा सदस्य सीता कुमारी राना, प्रदेश संयोजक कर्णाली प्रदेश सभा सदस्य  कल बहादुर हमाल र कर्णाली प्रदेश योजना आयोगका सदस्य असोक नाथ योगी उपस्थित हुनुहुन्थ्यो ।

बैठकमा बालअधिकारका संरक्षणका लागि समन्वय र सहकार्यलाई प्रोत्साहन गर्न, साथै संसदीय मंन्चको क्षमता विकासका लागि कार्ययोजना तयार गर्ने निर्णय गरिएको छ ।  बैठकमा कर्णाली प्रदेशमा बालबालिकाका लागि प्रभावकारी नीति र संरचना निर्माणको आवश्यकता रहेको विषयमा छलफल भएको छ  ।

प्रतिक्रिया