‘अगरबत्ति तालिमले खुशीसँगै आत्मविश्वास बढ्यो’
अगरबत्ति उत्पादन गरेर बजार लैजाने तयारीमा उद्यमी महिला
काठमाडौँ – ‘पहिले काम खोज्न विरेन्द्रनगरका धेरै ठाउँमा गएँ। कसैले काम दिएन । सीप र अनुभव बिना कसैले रोजगारीमा राख्न चाहँदैन रहेछ,’ ३१ वर्षीया राधिका चौधरी त्यो पल सम्झिनुहुन्छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ फँलाटे नमुना टोलकी राधिका र सोही ठाउँ बस्ने महिलाहरूको यो साझा कथा हो । तर, अहिले उनीहरुको यो कथा बदलिएको छ । राधिकाको जस्तै जीवनशैली भएका १६ महिलाहरू आत्मनिर्भर बन्ने बाटोमा अघि बढ्दैछन्, घरमै बसेर अगरबत्ती उत्पादन गरेर ।
राधिकाको जीवनमा यस्तो ठूलो मोड तब आयो, जब उहाँले सोसेकले आयोजना गरेको अगरबत्ति तालिममा सहभागि हुनुभयो । एईआइएन लक्जेम्बर्गको साझेदारी सोसेक नेपालको आयोजनामा वीरेन्द्रनगरमा सञ्चालन गरिएको एक हप्ते अगरबत्ती उत्पादन तालिममा सहभागिता जनाएपछि उहाँमा परिर्वतन आयो ।
१२ कक्षा पास गर्नुभएकोे राधिकाले विवाहपछि ९ वर्ष वर्ष घरायसी काममै बिताउनुभयो । जीवनमा कुनै आयश्रोत नभएकोले उहाँ प्रायः आर्थिक रूपमा असहज महसुस हुन्थ्यो । आफु बेरोजगारी हुँदा अनुभव र सीप बिना कसैले काम नदिदा अप्ठेरो महशुस हुने गरेको उहाँ सुनाउँनुहुन्छ । ‘एकहप्ते तालिमपछि मेरा आँखाहरू खुले । सीप र अनुभवले मानिसको जीवन कसरी बदल्न सक्छ भन्ने अब मात्र थाहा पाएँ,’ राधिकाले भन्नुभयो ।
तालिमपश्चात राधिकाले आफ्नो घरआँगनमै बसेर समूहमा मिलेर अगरबत्ती उत्पादन गर्नुहुन्छ । उत्पादन गरेको अगरबत्तीलाई स्थानीय बजारमा बिक्री गरेर उहाँले आफ्नो परिवारका लागि आयआर्जनको नयाँ बाटो खोल्ने उहाँको विश्वास छ । तालिम पाएपछि अब म ढुक्क छु,’उहाँ भन्नुहुन्छ, ‘मलाई अब कसैले काम नदिए पनि मैले आफ्नै बाटो बनाउन सक्छु , अगरबत्ति उत्पादन गरेरै भएपनि जीविका चलाउन सक्ने आँट आएको छ ।’
पहिले प्राय घरायसी काममा व्यस्त हुने फलाटे नमूना टोलका महिलाहरुका लागि अबरबत्ति उत्पादन एक हप्ते तालिमले उनीहरुको दैनिकीमा परिर्वतन ल्याउने आशा जागेको छ । जीवनमा सीपविना कतै पनि काम नपाइने र सीप सिक्न महत्वपूर्ण भएको उनीहरुले बताएका छन् ।
राधिकाजस्तै सोही ठाउँकै चौधरी समुदायका अन्य चार जना महिलाले पनि सोसेक नेपालले प्रदान गरेको अगरबत्ती तालिम लिएका थिए । महिला उद्यमी समूहकी अध्यक्ष राधिका चौधरी सहित तालिम लिएका पाँच जनाले अन्य महिलाहरुलाई आफ्नो समुदायमै आफूले सिकेको कुरा सिकाएर १६ जनाले अहिले घरआँगनमै बसेर धमाधम अगरबत्ती उत्पादन गरीरहेको सोसेक नेपालद्वारा वीरेन्द्रनगरमा संचालित बहानी परियोजना संयोजक माया अधिकारीले जानकारी दिनुभयो ।
संयोजक अधिकारीका अनुसार राधिकाको मात्र होइन, सोही ठाउँकै लिला, शिवरानी र पार्बती चौधरीको जीवनमा पनि तालिमपछि परिर्वतन आएको छ । २९ वर्षीया पार्बती, जो पहिले कामका लागि थुप्रै ठाउँमा धाउनुभयो तर, सीपबिना उहाँलाई काम पाइन मुस्किल थियो । त्यसपछि सीप सिक्ने योजनामा रहेकी पार्बतीले अहिले सीप सिकेर आफैले अगरबत्ति उत्पादन गर्दा खुशीसँगै आत्मविश्वास बढेकोे बताउँनुहुन्छ ।
पहिले म काम खोजेर हिँड्थेँ । तर, मेरो सीप र अनुभव नभएकै कारण म कामको लागि अस्वीकार हुन्थेँ, कसैले राख्न मान्दैनन् थिए,’उहाँ भन्नुहुन्छ, ‘अहिले तालिमले मलाई मेरो जिन्दगी बदल्न मद्दत गरेको छ । तालिममा सिकेको कुराले अहिले अगरबत्ति उत्पादन गर्दै आएकी छु ।’
पार्बती अहिले राधिकासँगै अन्य महिलाहरुसँग मिलेर समूह मार्फत अगरबत्ती उत्पादनमा जुट्नुभएको छ । उहाँले भन्नुभयो, ‘पहिले सोच्थेँ, मेरो भविष्य अन्धकार छ । तर, अहिले तालिममा सीप सिकेपछि लाग्छ, अब आफूलेले पनि अगरबत्ति उत्पादन आत्मनिर्भर बन्न सक्छु ।’
महिला उद्यमी समुहमा २६ जनाको संख्या भएता पनि हाल समूहमा १६ जना सक्रिय रुपमा लागेका छन् । १६ जनाले अगरबत्ति उत्पादन गर्दै आएको संयोजक अधिकारीले बताउनुभयो ।
उक्त महिला समूहले दिनमा करिब तीनसय वटा पिस अगरबत्ति उत्पादन गर्दै आएका छन् । घरायसी काम सकाएर बिहान १० बजे मात्र अगरबत्ति बनाउन पुग्ने महिला समूह ३ बजेसम्म अगरबत्ति बनाएर पुन घरायसी कामका लागि फर्किने उनीहरु बताउँछन् ।
तालिमपछि आत्मनिर्भरताको बाटोमा अघि बढ्न थालेको बताउँदै महिलाहरूले आफूहरूको जीवनमा सकारात्मक परिवर्तन आएको अनुभव सुनाएका छन । तालिममा सहभागी महिलाहरूले पहिले बेरोजगार हुँदा निकै पीर र चिन्ताले ग्रस्त हुने गरेको तर अब सीप सिकेपछि आफ्नै खुट्टामा उभिन सकिने आत्मविश्वास बढेको त्यो आत्मविश्वास सोसेक लगायत सहयागी अन्य सहयोगि हातहरुले जगाएको उनीहरु बताउँछन् । तालिम नलिनुअघि उनीहरू कुनै पनि उत्पादनमूलक सीपमा दक्ष थिएनन् र प्रायः घरायसी काममै सीमित थिए ।
पहिले बेरोजगारीका कारण जीवनयापनका लागि श्रीमानकै भर पर्नु पर्ने अवस्था थियो । तर, अहिले अगरबत्ती उत्पादनको सीप सिकेपछि उनीहरू आर्थिक रूपमा आत्मनिर्भर बन्ने बाटोमा अघि बढेको बताउँछन् ।
पहिले कामको खोजीमा शहरका विभिन्न ठाउँहरूमा भौँतारिने यी महिलाहरू अब समूहमा संगठित भएर स्थानीय कच्चापदार्थको उपयोग गरी अगरबत्ती उत्पादन गरिरहेका छन । यो कार्यले उनीहरूको आर्थिक हैसियतमात्र सुधार गरेको छैन, जीवनप्रतिको दृष्टिकोण पनि सकारात्मक बनाएको छ ।
महिला उद्यमीले उत्पादन गरेका अगरबत्ति बजारीकरणको लागि – ८ नम्बर वडा अध्यक्ष टीकाराम शर्मा,वडा २ का अध्यक्ष गजबहादुर बुढा,एईआईएन लक्जेम्बर्ग र सोसेक नेपालले सहयोग गर्ने प्रतिबद्वता जनाएका छन् । माथिका सहयोगी वडा अध्यक्ष देखि सोसेक नेपालले आफूहरुलाई तालिमसँगै अगरबत्ति बनाउन हौस्याएसँगै आफूहरुलाई उत्पादन गर्न हौसला मिलेको राधिका बताउनुहुन्छ ।
क्षमता र आत्मविश्वासमा वृद्धि
तालिम पश्चात् वीरेन्द्रनगर नगरपालिका–८ का वडा अध्यक्ष टिकाराम शर्माले सहभागी दिदीबहिनीहरूको क्षमता र आत्मविश्वासमा उल्लेखनीय वृद्धि भएको बताउनुभयो । उहाँले भन्नुभयोे, ‘तालिमपछि उहाँहरूको क्षमता पहिलेभन्दा धेरै विकास भएको छ । अहिले उहाँहरूले अगरबत्ती उत्पादन गरेर स्थानीय बजारमा बिक्री–वितरण गर्दै आउनुभएको छ ।’
सोसेक नेपालले एईआइएन लक्जेम्बर्गको साझेदारीमा वीरेन्द्रनगरमा संचालित बिहानी परीयोजनाबाट दिइएको अगरबत्ति तालिममा वीरेन्द्रनगर वडा नम्बर – ८ बाट ४ जनामहिलाले तालिम लिएका थिए ।
यस्तो प्रयासले स्थानीय महिलाहरूलाई आत्मनिर्भर बन्न र आर्थिक रूपमा सबल बनाउने दिशामा महत्वपूर्ण योगदान दिएको अध्यक्ष शर्माले विश्वास व्यक्त गर्नुभयो ।
वडा नम्बर – ८ मा रहेको समूहले अगरबत्ती उत्पादन सुरु गरेर उत्पादित अगरबत्ती बजारमा पठाउन थालिएको वडा अध्यक्ष शर्माले बताउनुभयो । ठूलो मात्रामा उत्पादन भएमा यसको व्यापक बजार व्यवस्थापनको लागि वडा नम्बर – २ र – ८ ले सहकार्य गर्ने योजना रहेको छ । यसबाहेक, सहकारीे माध्यमबाट सोसेक नेपालले पनि आवश्यक सहयोग उपलब्ध गराउने योजना बनाएको बिहानी परियोजना संयोजक अधिकारी बताउँनुहुन्छ ।
त्यस्तै एइआइएन लक्जेम्बर्गको साझेदारीमा सोसेक नेपालद्वारा सुर्खेतको वीरेन्द्रनगर, र जुम्लाको चन्दननाथ नगरपालिकामा बिहानी परियोजना संचालनमा रहेको छ । चन्दनाथ नगरपालिकामा १० जना महिलालाई अगरबत्ति उत्पादनको तालिम प्रदान गरिएको छ । स्थानीय कच्चापदार्थ जस्तै धुपी, सुन्तलाको बोक्रा, र विभिन्न सुगन्धित फूलहरूको सफल प्रयोग गरिएको संयोजक अधिकारीले बताइन् । माया अधिकारीका अनुसार, उत्पादन हुने अगरबत्ती पूर्णतः अर्गानिक र स्वास्थ्यका लागि लाभदायक हुनेछ । साथै, स्थानीय कच्चापदार्थ प्रयोग गरिएकोले यो व्यवसाय दिगो र सफल हुने सम्भावना देखिएको अधिकारीको भनाई छ ।
सीपमूलक तालिमले महिलाहरूलाई उत्साहित बनाउँदै आत्मविश्वास बढाएको वीरेन्द्रनगर नगरपालिका–२ का वडा अध्यक्ष गजबहादुर बुढा बताउँनुहुन्छ । ‘महिलाहरूलाई स्वरोजगार बनाउनका लागि यस्ता सीपमूलक तालिमहरूको आवश्यकता आगामी दिनमा पनि उत्तिकै छ, र यस दिशामा हाम्रो वडा निरन्तर सक्रिय रहनेछ ।’
अध्यक्ष बुढाले भन्नुभयोे, ‘हाम्रो वडाका महिलाहरूलाई स्वरोजगार बनाउन सीपमूलक तालिम प्रदान गर्नु आवश्यक छ। उहाँहरूले के सिक्न चाहनुहुन्छ भन्ने विषयमा हामी सधैं उहाँहरूको चाहना र आवश्यकतामा निर्भर रहन्छौं ।’
सोसेक नेपालले मंसिर १८ देखि २४ गतेसम्म तालिम संचालन गरेको थियो । वडा नम्बर २ चौधरी समूहबाट पाँच जना, वडा नम्बर – ८ देखि ४ जना, वडा नम्बर – ७ देखि एकजनाको सहभागिता रहेको थियो ।
चौधरी समूहका पाँच जना महिलाहरुले तालिममा बसेर सिकेर पनि ११ जना अन्य महिलाहरुलाई सिकाइरहेको छन् । वडा नम्बर चारका महिलाहररुले पनि अगरबत्ति उत्पादन गर्ने काम गर्दै आएका छन् । वडा नम्बर २ मा पनि दुइवटा समूहमा काम भइरहेको छ ।
चन्दननाथ नगरपालिका, जुम्लाका उपप्रमुख रामदेबी खड्काले स्थानीय स्रोत र सीपको सदुपयोग गर्दै महिलाहरूलाई आत्मनिर्भर बनाउन अगरबत्ती उत्पादन तालिम महत्तवपूर्ण कदम भएको बताउनुभयो ।
‘स्थानीय कच्चापदार्थ प्रयोग गरी महिलाहरूलाई उत्पादनमूलक काममा संलग्न गराउनु सामाजिक र आर्थिक रुपान्तरणको सुरुवात हो,’ उहाँले भन्नुभयो ।
त्यस्तै, वडा नम्बर – ८ का अध्यक्ष रुपबहादुर रोकायले पनि अगरबत्ती उत्पादन तालिमले महिलाहरूलाई सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो । ‘यो तालिमले महिलाहरूलाई आर्थिक रुपमा सबल बनाउनुका साथै स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न मद्दत गर्नेछ। वडा कार्यालयले आवश्यक सहयोग पु¥याउनेछ,’ उहाँले भन्नुभयो ।
चन्दननाथ नगरपालिका – ८ नम्बर वडाका १० जना महिलाले यही पौष ३ देखि ९ गतेसम्म संचालन भएको अगरबत्ती उत्पादन तालिम लिएका थिए ।
‘आफैले अगरबत्ति बनाउँदा चमत्कारझै लाग्यो’
त्यस्तै एइआइएन लक्जेम्बर्गको साभेदारी सोसेक नेपालद्वारा दैलेखको ठाटीकाँध गाउँपालिकामा संचालित सहकार्य परियोजनाले पनि महिलाहरुका लागि अगरबत्ति उत्पादन सम्बन्धि सीपमूलक तालिम संचालन गरेको थियो ।
अगरबत्तिसब्न्धि सीपमूलक तालिममा सहभागि पश्चात् सहभागिहरुले पहिले पूजा गर्दा मात्र देखेको अगरबत्ति अहिले आफैले उत्पादन गर्दा चमत्कार गरेजस्तै लागेको बताएका छन् । सातदिने तालिममा सहभागि भएपश्चात् ठाटीकाँध गाउँपालिका वडा नम्बर १ की सावित्री विकले तालिममा धेरै कुरा सिक्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । पहिले म सिर्फ अगरबत्ति पूजा गर्दा बालेको मात्र देखेकी थिएँ,’उहाँले भननुभयोे, ‘तर, यो ७ दिने तालिममा बसेपछि चमत्कार जस्तै भयो । ७ दिने तालिममा सिकेर आफैंले बनाउँदा म अचम्मित भएकी छु ।’
यस्तै, ठाटीकाँध ६ की मनसरा रोकायाले तालिममा सिकेको सीपलाई आम्दानीको स्रोत बनाउँने बताउनुभयो ।
रोकायाले भन्नुभयो, ‘मैले यहाँ सिकेका सीपलाई प्रयोग गरेर सफल उद्यमी बन्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
ठाटीकाँध गाउँपालिका उपाध्यक्ष देबिराम बडुवालले अगरबत्ति र धूप निर्माण कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक मेसिन उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ । उपाध्यक्ष बडुवालले भन्नुभयोे, ‘स्थानीय स्तरमा यस्ता सीपले रोजगारी सिर्जना गर्दै आयआर्जनमा टेवा पु¥याउँछ । हामी मेसिन जस्ता आवश्यक उपकरण उपलब्ध गराउन तयार छौं यो मेरो प्रतिबद्धता भयो ।’
सहकार्य परियोजना संयोजक जीवराज रेग्मीका अनुसार, तालिममा ११ जनाले सहभागिता जनाएका थिए । सहभागीहरू ठाटीकाँध गाउँपालिका वडा नम्बर – १, २ र ६ बाट सहभागिता रहेको थियो । तालिममा एकल महिला र समाजमा पछाडि परेका महिलाहरूलाई प्राथमिकताका साथ सहभागी गराइएको रेग्मीले जानकारी दिनुभयो ।
तालिम पश्चात् उद्यमीहरुको समूह गठन हुनेछ । समूहले उत्पादन गरेका सामाग्रिलाई बजारिकरणका लागि सोसेक नेपालको समन्वयमा स्थानीय ठाटीकाँध कृषि तथा पशुपालन सहकारी संस्थामार्फत बजारसम्म पु¥याइने योजना रहेको संयोजक रेग्मीको भनाई छ । ‘यो तालिमले स्थानीय उत्पादनलाई व्यवसायिक रुपमा स्थापित गर्न ठूलो मद्दत पु¥याउनेछ । हामीले उत्पादनका लागि मात्र होइन, यसको प्रभावकारी बजार व्यवस्थापनका लागि पनि काम गर्दैछौं,’ रेग्मीले भन्नुभयो ।
प्रतिक्रिया