लोक सेवा पढाउँदै ठाटीकाँध गाउँपालिका
पढ्न इच्छुकले गाउँपालिकामा निवेदन पेश गर्न अनुरोध
काठमाडौँ - दैलेखको ठाटीकाँध गाउँपालिकाले युवाहरुलाई लोकसेवा र शिक्षक सेवा पढाउने भएको छ । लोक सेवा आयोग र शिक्षक सेवा आयोगले लिने परिक्षामा सक्षम बनाउने उद्धेश्यले पालिकाले पढाउने भएको छ ।
गाउँपालिका भित्र स्थायी बसोबास भएका युवाहरुलाई लोकसेवाप्रति आकर्षण बढाउन र परीक्षामा सक्षम बनाउनका लागि निशुल्क रुपमा पढाउने गाउँपालिकाले जनाएको छ । निजामती सेवा र शिक्षण सेवामा प्रवेश गर्ने चाहना भएर पनि आर्थिक अभावले पढ्न नसकेका युवाहरुलाई लक्षित गरेर लोकसेवा र शिक्षक सेवा आयोग पढाउने लक्ष्य राखेको ठाटीकाँध गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तुलसी प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक स्वीकृत कार्यक्रम बमोजिम लोकसेवा आयोग खरिदार÷ना.सु वा सो सरहका तयारी कक्षा संचालन गर्न लागिएको उहाँले बताउनुभयो । १८ वर्ष उमेर पुरा गरी लोक सेवा आयोगका लागि तयारी कक्षा लिन इच्छुक प्रशिक्षार्थीहरुले सूचना प्रकाशित गरेको छ ।
ठाटीकाँध गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत उपाध्यायका अनुसार गाउँपालिकाले पहिलोपटक सूचना निकाल्दा चार÷पाँच जना मात्र सम्पर्कमा आएको र भन्दै गाउँपालिकाले पुन दोस्रोपटक सूचना जारी गरेको छ ।
आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार गाउँपालिकाले लोक सेवा आयोग तयारी कक्षाका लागि चार लाख रुपैँया छुट्याएको प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले जानकारी दिनुभयो । गाउँपालिकाले २०८१÷मंसिर १३ गते पुन सुचना प्रकाशित गर्दै सातदिन भित्र लोक सेवा पढ्न इच्छुक विद्यार्थीले गाउँपालिकामा निवेदन पेश गर्न भनेता पनि पर्याप्त निवेदन आएको छैन,’प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले भन्नुभयोे, ‘लोक सेवा पढ्न इच्छुक विद्यार्थीले अझै पनि पालिकामा सम्पर्क गरेर निवेदन दिन सक्नेछन् ।’
गाउँपालिकाले जारी गरेको सूचना
प्रतिक्रिया