आजदेखि प्रधानमन्त्री कप महिला क्रिकेटको छनोट शुरू

आजदेखि प्रधानमन्त्री कप महिला क्रिकेटको छनोट शुरू

काठमाडौँ – प्रधानमन्त्री कप महिला टी–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता आजदेखि शुरू हुँदैछ ।

बैतडीको दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा प्रतियोगिता हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले जनाएको छ । प्रतियोगिताको उद्घाटन नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले गर्ने कार्यक्रम छ ।

उद्घाटन समारोहपछि  हुने खेलमा समूह ‘बी’मा रहेका बैतडी र अछाम तथा डोटी र बझाङले खेल्नेछन् । यही पुस २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा क्रिकेट सङ्घमा आबद्ध प्रदेशका आठ जिल्लाको सहभागिता रहने प्रतियोगिता संयोजक रमेशबहादुर बोहराले जानकारी दिनुभयो ।

आठ वटा टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा कैलाली, कञ्चनपुर, डडेल्धुरा र दार्चुला रहेका छन् । समूह ‘बी’ मा बैतडी, बझाङ, डोटी र अछामलाई राखिएको छ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी छनोट गरेर प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको टोली तयार गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले बताउनुभयो ।

प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता माघ पहिलो हप्तादेखि धनगढीमा हुँदैछ ।

प्रतिक्रिया