मुगुमा छुट्टै संरक्षण क्षेत्र वा शिकार आरक्ष बनाउन पालिकाको ठहर
मुगु । मुगु जिल्लामा अर्को निकुन्ज,संरक्षण क्षेत्र वा शिकार आरक्ष बनाइए कार्मारोङ्गको सम्बन्धीको आधार तयार हुने गाउँपालिकाले जनाएको छ ।
मंगलबार एक विज्ञप्ती जारी गर्दै गाउँपालिकाले हाल से फोक्सुण्डो राष्ट्रिय निकुन्जले ओघटेको मुगु जिल्लाको क्षेत्रलाइ समेटेर नेपाल सरकारले मुगु जिल्लामा अर्को निकुन्ज,संरक्षण क्षेत्र वा सिकार आरक्ष मध्य कुनै एक बनाउने हो भने मुगुम कार्मारोङ्ग गाउपालिकाका जनताको सम्वृद्धीको आधार तयार हुने बताइएको छ ।
मुगुम कार्मारोङ्ग गाउँपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाले हस्ताक्षर गरि जारी गर्नु भएको विज्ञप्तिमा भनिएको छ मुगुम कार्मारोङ्ग गाउपालिका स्थापना भएदेखी हरेक गाउँसभामा से फोक्सुण्डो कार्यालय डोल्पामा रहेका कारण गाउपालिका भित्र का निकुन्ज तथा मध्यवर्तीक्षेत्रमा पर्ने डोल्फु,किम्री,ताखा,खारी,कार्तीका जनताहरुले राष्ट्रिय निकुन्जबाट पाउनु पर्ने सबै खाले सुविधा तथा प्रशासनिक सेवा प्राप्तिका लागि भौगोलिक कठिनाइ र दुरिका कारण एक हप्तासम्मको पैदल दुरि हिडेर जानुपर्ने असहज परिस्थितीलाई मध्यनजर गर्दै उक्त से फोक्सुण्डो राष्ट्रिय निकुन्जले यस पालिका अन्तरगत ओघटेको ९०६ वर्गकिलोमिटर क्षेत्रफललाइ समेटी अलग राष्ट्रिय निकुन्ज वा संरक्षण क्षेत्र स्थापनाका लागि संघिय सरकारसङ्ग पहल गर्ने विषयमा यस क्षेत्रका बुद्धिजिवी,सरोकारवाला र जनप्रतिनिधिहरुको उपस्थितिमा हरेक गाउँ सभामा निर्णय समेत हुँदै आएको र उक्त निर्णय तथा मागको आधारमा नेपाल सरकार वन तथा वातावरणले सो प्रकृया अगाडि बढाउन विस्तृत अध्ययनका लागि प्राविधिक समिती गठन गर्नु स्वागतयोग्य छ ।
यस्तै गाउपालिकाका जनताले वर्षौ देखि भोगचलन तथा संरक्षण गर्दै आएको सो क्षेत्रलाई अध्ययन समितिले छुट्टै राष्ट्रिय निकुन्ज वा संरक्षित क्षेत्र स्थापनाका लागि सिफारिस गरेको खण्डमा नेपाल सरकारको प्रशासनिक संरचना स्थापना भै गाउपालिकाको सम्मृद्धीको मेरुदण्डको रुपमा यश क्षेत्रको प्राकृतिक तथा जैविक विविधताको दिगो संरक्षण तथा उपभोगका साथै निकुन्जबाट प्रवाह हुने सेवा सुविधाको सहज प्राप्ती र यस क्षेत्रको पर्यटन विकासमा समेत योगदान पुग्ने कुरामा हामी सबै विश्वस्त हुन जरुरी छ ।
अध्यक्ष लामाले अगाडि भन्नू भएको छ प्राकृतिक स्रोत माथि स्थानियबासी कै अग्राधिकार रहने कुरा नेपालको संविधान र विभिन्न राष्ट्रिय तथा अन्तरास्ट्रिय कानुन तथा सन्धिहरुले समेत सुनिश्चित गरेको र यस कुरामा स्वय गाउपालिका प्रतिवद्द र सचेत रहेको कुरा जानकारी गराउदै छुट्टै राष्ट्रिय निकुन्ज वा संरक्षण क्षेत्रको स्थापनाले यस क्षेत्रका आम नागरिकको हित विपरित हुने,बस्ती नै अर्को ठाउँ सारिने,अनावश्यक प्रशासनिक झन्झट व्यहोर्नु पर्ने जस्ता आधारहिन भ्रम फैलाउने र यस क्षेत्रको धार्मिक तथा सामाजिक सद्भावमा खलल पुर्याउने जस्ता अनावश्यक कुराहरु प्रचार प्रसार नगरिदिनहुन आम सरोकारवाला सबैमा आग्रह गर्दछौ ।
से फोक्सुण्डो राष्ट्रिय निकुन्जले मुगु जिल्लाको ओघटेको क्षेत्र समेटेर राष्ट्रिय निकुन्ज,संरक्षण क्षेत्र वा सिकार आरक्षण बनाउन वन तथा वातावरण मन्त्री ऎन बहादुर शाहिको मन्त्री स्तरिय निर्णय गर्नुहुदै गत ८ गते सोमबार विस्तृत अध्ययन कार्यदल गठन गरेका थिए ।
गठित कार्यदलमा शे—फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका संरक्षण अधिकृत संयोजक, रारा राष्ट्रिय निकुञ्ज कार्यालयका संरक्षण अधिकृत सदस्य, मुगु डिभिजन वन अधिकृत सदस्य र राष्ट्रिय वन्यजन्तु संरक्षण बिभागका संरक्षण अधिकृत सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।
जिल्ला समन्वय समिति र मुगुम कार्मारोङ गाउपालिकाबाट पटक पटक निकुञ्ज वा संरक्षण क्षेत्र स्थापनाको लागि माग गरिए अनुसार वन तथा वाताबरण मन्त्रालयले त्यसको कार्यन्वयनको लागि अध्ययन कार्यदल गठन गरेको थियो ।
संरक्षण गर्दै आएको सो क्षेत्रलाई अध्ययन समितिले छुट्टै राष्ट्रिय निकुन्ज वा संरक्षित क्षेत्र स्थापनाका लागि सिफारिस गरेको खण्डमा नेपाल सरकारको प्रशासनिक संरचना स्थापना भै गाउपालिकाको सम्मृद्धीको मेरुदण्डको रुपमा यश क्षेत्रको प्राकृतिक तथा जैविक विविधताको दिगो संरक्षण तथा उपभोगका साथै निकुन्जबाट प्रवाह हुने सेवा सुविधाको सहज प्राप्ती र यस क्षेत्रको पर्यटन विकासमा समेत योगदान पुग्ने कुरामा हामी सबै विश्वस्त हुन जरुरी छ ।
अध्यक्ष लामाले अगाडि भन्नू भएको छ प्राकृतिक स्रोतमाथि स्थानियबासी कै अग्राधिकार रहने कुरा नेपालको संविधान र विभिन्न राष्ट्रिय तथा अन्तरास्ट्रिय कानुन तथा सन्धिहरुले समेत सुनिश्चित गरेको र यस कुरामा स्वय गाउपालिका प्रतिवद्द र सचेत रहेको कुरा जानकारी गराउदै छुट्टै राष्ट्रिय निकुन्ज वा संरक्षण क्षेत्रको स्थापनाले यस क्षेत्रका आम नागरिकको हित विपरित हुने,बस्ती नै अर्को ठाउँ सारिने,अनावश्यक प्रशासनिक झन्झट व्यहोर्नु पर्ने जस्ता आधारहिन भ्रम फैलाउने र यस क्षेत्रको धार्मिक तथा सामाजिक सद्भावमा खलल पुर्याउने जस्ता अनावश्यक कुराहरु प्रचार प्रसार नगरिदिनहुन आम सरोकारवाला सबैमा आग्रह गर्दछौ ।
से फोक्सुण्डो राष्ट्रिय निकुन्जले मुगु जिल्लाको ओघटेको क्षेत्र समेटेर राष्ट्रिय निकुन्ज,संरक्षण क्षेत्र वा सिकार आरक्षण बनाउन वन तथा वातावरण मन्त्री ऎन बहादुर शाहिको मन्त्री स्तरिय निर्णय गर्नुहुदै गत ८ गते सोमबार विस्तृत अध्ययन कार्यदल गठन गरेका थिए ।
गठित कार्यदलमा शे—फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका संरक्षण अधिकृत संयोजक, रारा राष्ट्रिय निकुञ्ज कार्यालयका संरक्षण अधिकृत सदस्य, मुगु डिभिजन वन अधिकृत सदस्य र राष्ट्रिय वन्यजन्तु संरक्षण बिभागका संरक्षण अधिकृत सणदस्य सचिव रहने व्यवस्था गरिएको छ ।
जिल्ला समन्वय समिति र मुगुम कार्मारोङ गाउपालिकाबाट पटक पटक निकुञ्ज वा संरक्षण क्षेत्र स्थापनाको लागि माग गरिए अनुसार वन तथा वाताबरण मन्त्रालयले त्यसको कार्यन्वयनको लागि अध्ययन कार्यदल गठन गरेको थियो ।साभार ः राजधानीबाट
प्रतिक्रिया