टोखामा चाकुस्तम्भ निर्माण

टोखामा चाकुस्तम्भ निर्माण

काठमाडौँ  -   टोखामा माघे सङ्क्रान्तिको पर्वका अवसरमा ‘चाकु दिवस’ मनाइने भएको छ ।नेपाः युवा क्लव टोखाको आयोजना तथा टोखा परम्परागत चाकु संरक्षण समाजको सहकार्यमा माघे सङ्क्रान्ति पर्वको अवसरमा अगामी माघ १ गते टोखाबजारमा ‘चाकु दिवस’ मनाउन लागिएको हो ।

टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्ण श्रेष्ठले टोखाभित्र उत्पादित चाकु र यसबाट बनेको परिकारलाई चाकु दिवसको अवसरमा प्रदर्शनमा राखिने जानकारी दिनुभयो । टोखामा माघे सङ्क्रान्ति पर्वको अवसरमा ‘चाकु दिवस तथा बृहत् सांस्कृतिक तथा सम्मान कार्यक्रम हुनेछ ।

अध्यक्ष श्रेष्ठले टोखाभित्र उत्पादित सामग्रीसमेतलाई चाकु दिवसमा प्रदर्शन गरिने बताउनुभयो । टोखा उखु खेती हुने पुरानो बजार हो । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नेवारी भाषामा ‘टु’ र ‘ख्य’ शब्दबाट बनेको हो । नेवारी भाषामा ‘टु’ को अर्थ उखु र ‘ख्य’ को अर्थ खेती भन्ने गरिन्छ । उखुखेती हुने टोखामा लिच्छवीकलाको पाँच सय १९ देखि चाकु बनाउन थालिएको किंवदन्ती छ । टोखामा हाल चाकुका १४ उद्योग रहेका छन् ।

टोखा नगरपालिकाले टोखा क्षेत्रको पहिचानलाई कायम गर्नका लागि टोखाबजारमा उखु खेतीको कार्यक्रमलाई समेत अगाडि बढाउन लागेको छ । यस्तै टोखाको पहिचानको रुपमा रहेको चाकु स्तम्भसमेत टोखामा निर्माण गर्न लागिएको छ ।

प्रतिक्रिया