जुम्लामा अनलाइनबाट नागरिकता सिफारिस
जुम्ला - जिल्लामा नागरिकताको प्रमाणपत्र लिनका लागि अनलाइनमार्फत सिफारिस सेवा सुरुआत हुने भएको छ । आगामी माघदेखि जिल्लाका आठवटै स्थानीय तहमा यो सेवा सुरु गर्न तयारी गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जानकारी दिनुभयो ।
यसअघि स्थानीय तहका प्रमुख र जिल्ला समन्वय समितिका प्रमुखसँग बैठक गरी अनलाइनबाट सिफारिसका विषयमा छलफल भइसकेको छ । प्रजिअ शाहीले भन्नुभयो ,“गृह मन्त्रालयको केन्द्रिकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमार्फत अनलाइन नागरिकता सिफारिस अगाडि बढाइएको हो । अनलाइन प्रणालीबाटै नागरिकताको सिफारिस दिन सकिन्छ ।यसका लागि कर्मचारीलाई आवश्यक तालिम दिइने छ । ”
प्रतिक्रिया