हृदयघातबाट कृषि विकास कार्यालय दैलेखका अधिकृतको निधन

हृदयघातबाट कृषि विकास कार्यालय दैलेखका अधिकृतको निधन

दैलेख -  दैलेखमा कार्यालयको कामका क्रममा हृदयघात भई कृषि विकास कार्यालयका प्रमुख ५६ वर्षीय राजु भूजको निधन भएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी सुनिल दाहालका अनुसार, आइतबार दिउँसो कार्यालयमा काम गरिरहेकै बेला असहज महसुस गरेपछि उहाँ आफ्नै निवासमा ओछ्यानमा ढलेको अवस्थामा मृत फेला परेका थिए।

कार्यालयका कर्मचारीहरूले तुरुन्तै उहाँलाई दैलेख जिल्ला अस्पताल पुर्‍याए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए। भूजको स्थायी घर कपिलबस्तुको महाराजगन्ज नगरपालिका वडा नं ४ बरईपुरमा रहेको थियो। कृषि विकास कार्यालय दैलेखमा कार्यरत भएपछि उहाँले दैलेखमै बसोबास गर्दै आउनुभएको थियो। उहाँले दोश्रो विवाह गरी दुल्लू नगरपालिका वडा नं ७ किर्तिखम्बमा स्थायीय रूपमा बसोबास गर्दै आउनुभएको थियो।

भूजका परिवारमा जेठी श्रीमतीबाट एक छोरी र कान्छी श्रीमतीबाट चार छोरी तथा एक छोरा छन्। उहाँको असामयिक निधनले कार्यालयका कर्मचारीहरू र स्थानीय समुदायलाई गहिरो शोकमा पारेको छ।

प्रतिक्रिया