पहिलो चौमासिक सार्वजनिक सुनुवाई गर्दै ठाटीकाँध गाउँपालिका

पहिलो चौमासिक सार्वजनिक सुनुवाई गर्दै ठाटीकाँध गाउँपालिका

ठाटीकाँध -  दैलेखको ठाटीकाँध गाउँपालिकाले प्रथम चौमासिक अवधिको सार्वजनिक सुनुवाई गर्ने भएको छ । आर्थिक वर्ष २०८१/०८२ को पहिलो चौमासिक अवधिमा सम्पन्न गरिएका कार्यहरू तथा सेवाहरूको विषयमा सार्वजनिक सुनुवाई गर्ने सूचना सार्वजनिक गरेको छ।

गाउँपालिकाको कार्यालय, वडा कार्यलयहरू, स्वास्थ्य संस्थाहरू तथा स्थानीय सेवाप्रदायक संस्थाहरूबाट प्रदान गरिएका सेवाहरूको प्रगति, चुनौती र सुझावको आदानप्रदान गर्न यही माघ ११ गते शुक्रबार सार्वजनिक सुनुवाईको कार्यक्रम आयोजना गरेको ठाटीकाँध गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तुलसी प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

 ठाटीकाँध गाउँपालिका कार्यालयमा हुने सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका सम्पूर्ण वडा अध्यक्षहरू, विभागीय शाखा प्रमुखहरू, राजनीतिक दलका प्रतिनिधिहरू, गैससका प्रतिनिधिहरू, पत्रकार, निर्माण व्यवसायी, स्थानीय नागरिक लगायत सरोकारवालाहरूलाई कार्यक्रममा उपस्थित हुन आग्रह गरिएको छ।

प्रतिक्रिया