सुर्खेतका स्थायी बासिन्दाका लागि मात्र राष्ट्रिय परिचयपत्र बनाउने निर्णय

सुर्खेतका स्थायी बासिन्दाका लागि मात्र राष्ट्रिय परिचयपत्र बनाउने निर्णय

 

काठमाडौँ -  जिल्ला प्रशासन कार्यालय सुर्खेतले हाललाई सुर्खेत जिल्लाका स्थायी बासिन्दाका लागि मात्र राष्ट्रिय परिचयपत्र बनाउने निर्णय गरेको छ। सेवाग्राहीको अत्यधिक चापका कारण कार्यालयले यस्तो व्यवस्था लागू गरेको हो।

आइतवार एक सूचना जारी गर्दै कार्यालयले सुर्खेत जिल्लाका स्थायी बासिन्दाबाहेकका नागरिकको विवरण दर्ता प्रक्रिया अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ।

प्रशासन कार्यालयका अनुसार सेवाको प्रभावकारिता र व्यवस्थापनलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो। कार्यालयले नागरिकलाई आवश्यक सहयोग र सुविधा उपलब्ध गराउन आगामी दिनमा थप व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया