रास्कोटमा इलाका प्रशासन कार्यालय भवन बन्दै

रास्कोटमा इलाका प्रशासन कार्यालय भवन बन्दै

मान्म  -  भौतिक पूर्वाधारको अभावमा सहज रूपमा सेवा प्रवाह गर्न विविध कठिनाइ खेप्दै आएको रास्कोट नगरपालिकाको इलाका प्रशासन कार्यालय भवन निर्माण हुने भएको छ ।

 स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय र रास्कोट नगरपालिकाको रु तीन करोड ३० लाखको लागतमा  भवन निर्माण हुने रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताउनुभयो । 

भवन बनेपछि नरहरिनाथ गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका, पलाँता गाउँपालिका र रास्कोट नगरपालिकाका सर्वसाधारण लाभान्वित हुनेछन् । भवन निर्माण चाँडै नै प्रारम्भ हुने नगरप्रमुख शाहीले जानकारी दिनुभयो । 

प्रतिक्रिया