सुप्रिम सहकारी रकम अपचलनमा ठगीसम्बन्धी मुद्दाको बहस सकियो

सुप्रिम सहकारी रकम अपचलनमा ठगीसम्बन्धी मुद्दाको बहस सकियो

बुटवल -   सुप्रिम सहकारीको रकम अपचलनमा ठगीसम्बन्धी मुद्दाको बहस सकिएको छ । आइतबार रुपन्देही जिल्ला अदालतमा रास्वपाका सभापति रवि लामिछानेको पक्षमा कानुन व्यवसायीले बहस सकेका हुन् । 

दुई पक्षको बहस सकिए र सवालजवाफ पनि सकिएकाले अब आदेश आउने जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञमूर्ती ज्ञवालीले बताउनुभयो ।

आइतबार लामिछानेका पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, पशुपति भण्डारी, नारायण कँडेलले बहस गर्नुभएको थियो  ।  

प्रतिक्रिया