हरेक महिनाको १५ गते पटांगिनीमा साँस्कृतिक कार्यक्रम हुने

स्थानीय संस्कृति, परम्परा र मौलिकताको जगेर्ना हुने विश्वास

हरेक महिनाको १५ गते पटांगिनीमा  साँस्कृतिक कार्यक्रम हुने

काठमाडौँ  -   सिँजा राज्यको हिँउदे राजधानीको रूपमा परिचित दुल्लु विभिन्न जातजातिको उद्गम थलो मात्र नभई सांस्कृतिक गतिविधिहरूको केन्द्रबिन्दु बन्दै गएको छ। दुल्लु क्षेत्रको प्रमुख खुला मञ्च, पटांगिनी क्षेत्र, पछिल्लो समय प्रत्येक महिनाको १५ गते विशेष सांस्कृतिक कार्यक्रमका लागि प्रख्यात बन्दै गएको छ।

विगत केही महिनादेखि नियमित रूपमा आयोजना हुँदै आएको यो कार्यक्रम स्थानिय तथा जिल्ला भित्रका संस्कृतिकर्मी, कलाकार र दर्शकमाझ अत्यन्त लोकप्रिय बन्दै गएको छ। अब यहाँ महिनाको १५ गते विविध सांस्कृतिक प्रस्तुतीहरू देख्न पाइने भएको छ । कार्यक्रममा देउडा कलाकारहरूले आकर्षक प्रस्तुति दिनेछन्  भने ठाडी भाका तथा अन्य परम्परागत सांस्कृतिक झल्को दिने प्रस्तुतिहरू समेत समावेश गरिने बताइएको छ ।

सांस्कृतिक कार्यक्रमलाई व्यवस्थित र निरन्तरता दिनका लागि हालै एक सांस्कृतिक समिति समे गठन गरिएको छ। उक्त समितिलाई दुल्लु नगरपालिकामा दर्ता समेत गरिएको छ। नगरपालिकाले यस कार्यक्रमलाई स्थानीय पहिचानसँग जोड्दै आगामी दिनहरूमा बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता समेत जनाएको छ।

स्थानीय संस्कृति, परम्परा र मौलिकतालाई जगेर्ना गर्ने उद्देश्यले हरेक महिनाको १५ गते आयोजना गरिने यो कार्यक्रमलाई अझ परिस्कृत बनाउँदै लैजाने योजना रहेको आयोजक समितिले जनाएको छ।

प्रतिक्रिया