खाडाचक्रमा महिला हिंसा र वालविवाह न्युनिकरण सम्बन्धी कार्यक्रम

खाडाचक्रमा महिला हिंसा र वालविवाह न्युनिकरण सम्बन्धी कार्यक्रम

कालिकोट -  कालिकोटको खाडाचक्र नगरपालिका–४ स्थित वद्रीगाँउमा महिला हिंसा, घरेलु हिंसा र वालविवाह न्युनिकरणका सम्बन्धमा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रम विशेषत: समुदायमा व्याप्त बालविवाह र बढ्दो घरेलु हिंसाका घटनाहरूलाई न्यूनिकरण गर्नका लागि आयोजना गरिएको हो।

कार्यक्रममा वद्रीगाँउ महिला समूहका सदस्यहरूको सहभागिता रहेको थियो, जहाँ प्रमुख वक्ताको रूपमा समूहका अध्यक्ष उमा वरालले आफ्नो भनाइ राख्दै भन्नुभयो, 'हामीले सोसेक नेपाल द्वारा सञ्चालन भइरहेको आधार परियोजना मार्फत हाम्रो गाउँ र समाजमा महिला र बालबालिकाका अधिकारका क्षेत्रमा सकारात्मक प्रभाव देखेका छौं। पहिलेका भन्दा अहिले परिवर्तन आएको छ र वालविवाह तथा महिला जन्य हिंसाका घटनाहरू पनि कम हुँदै गएको छ।'

समूहका सदस्य रमिता आचार्यले पनि सो कार्यक्रमले समुदायमा महत्त्वपूर्ण परिवर्तन ल्याएको र समाजमा वालविवाहका घटनाहरू घटेका बताउनुभयो । उहाँले भन्नुभयो, 'पहिले जस्तो समाजको सोचमा भिन्नता आएको छ। अहिले नागरिकहरूको सोचमा सकारात्मक परिवर्तन आएको छ र यसका लागि हामी सोसेक नेपाललाई धन्यवाद दिन चाहन्छौं।'

यस कार्यक्रममा महिला र घरेलु हिंसासम्बन्धी छलफल र अन्तरक्रिया आयोजना गरिएको थियो। वद्रीगाँउ महिला समूहका अध्यक्ष उमा वरालको अध्यक्षतामा २५ जनाको सहभागिता रहेको उक्त कार्यक्रम सोसेक नेपाल द्वारा सञ्चालित आधार परियोजनाअन्तर्गत सम्पन्न भएको थियो।

प्रतिक्रिया