अछामको रहफमा ‘बाख्रा उपहार कार्यक्रम’ : आर्थिक अवस्था सुधार हुने आशा

काठमाडौँ - अछाम जिल्लाको रहफ क्षेत्र विकासको दृष्टिले अत्यन्तै विकट र राज्यका नजरमा नपरेको क्षेत्र हो । यहाँ राज्यको आँखा कमै मात्र पुग्छ । जहाँ राज्यको आँखा पुग्दैन त्यहाँ पुग्छ सोसेक नेपाल ।
रहफ नामजस्तै यहाँ पुग्न पनि त्यती नै असज छ । तुर्माखाँद गाउँपालिकामा पर्ने रहफ क्षेत्र पुग्नका लागि कर्णाली नदीको जिर्ण झोलुंगे पुल पार गर्नुपर्छ भने, दैलेखका तीनवटा पालिका र अछामकै तीनवटा पालिका हुँदै लामो यात्रा तय गर्नुपर्छ । भौगोलिक विकटताका कारण यो क्षेत्र राज्यको ध्यानबाट टाढा परेको छ ।
कर्णाली नदीले चारैतिर घेरेको रहफ क्षेत्रका नागरिकहरूको अवस्था अहिले पनि दयनीय छ । तर, हालै यहाँका दलित किसानहरूको जीवनस्तर उकास्ने गरी गैर सरकारी संस्था सोसेक नेपाल को ग्रिन कर्णाली परियोजना संचालनमा रहेको छ । उक्त परियोजना अन्र्तगत बाख्रा उपहार कार्यक्रम सञ्चालनमा गरेको छ । दैलेखको दुल्लु नगरपालिकाको वडा नम्बर १ नाउले क्षेत्र र अछामको तुर्माखाँद गाउँपालिकाको रहफका ८ दलित किसान परिवारलाई यो कार्यक्रमले प्रत्यक्ष लाभ पु¥याएको ग्रिन कर्णाली परियोजनामा कार्यरत कृषि प्राविधिक हिक्मेन्द् माझीले बताउनुभयो ।
प्राविधिक माझीका अनुसार परियोजनाअन्तर्गत रहफका ३८ र नाउलेका ३० जना दलित किसानलाई प्रतिपरिवार चारवटा बाख्रा, एक बोका, बाख्रा नुहाउने डिपिङ ट्यांकी, घाँस तथा बाख्रा पालनका लागि आवश्यक अन्य सामग्री वितरण गरिएको छ । यस कार्यक्रमबाट लाभान्वित किसानहरूले आफ्ना आर्थिक स्रोतमा सुधार आउन थालेको अनुभव गरेका छन ।
पहिले आम्दानीको स्रोत केही थिएन, गुजारामा समस्या थियो। अहिले बाख्रा पालनबाट आम्दानी गर्न सक्ने अवस्था भएको दुल्लु नगरपालिका – १ नाउलेका कृषक धनबहादुर विक बताउँनुहुन्छ । उहाँले भन्नुभयो, ‘यो कार्यक्रमले हाम्रो जीवनमा ठुलो परिवर्तन ल्याएको छ त्यस्को लागि सोसेकलाई धन्यवाद ।’
स्थानीय जनप्रतिनिधिहरूका अनुसार, आर्थिक अभावका कारण उनीहरू स्वयंले यस्ता कार्यक्रम सञ्चालन गर्न सकेका थिएनन् । तुर्माखाँद गाउँपालिका–१ का वडाध्यक्ष उपेन्द्र बहादुर रावल भन्नुहुन्छ, ‘विकट क्षेत्र भएकाले यहाँका नागरिकहरूले सधैं सरकारी सहयोगबाट वञ्चित रहनुपरेको छ । तर, ग्रिन कर्णाली परियोजनाले यहाँका गरिब विपन्न समुदायलाई प्रत्यक्ष लाभ पु¥याएर उनीहरूको जीवन सहज बनाइदिएको छ ।’
ग्रिन कर्णाली परियोजना आर्थिक रूपमा पिछडिएका समुदायको जीविकोपार्जन सुधार्न प्रभावकारी भएको ग्रिन कर्णाली परियोजनामा कार्यरत कृषि प्राविधिक हिक्मेन्द् माझीले बताउनुभयो । ‘बाख्रापालन नेपालको ग्रामीण क्षेत्रमा आर्थिक उन्नतिका लागि उत्कृष्ट पेशा हो । यो कार्यक्रमले दलित समुदायलाई आत्मनिर्भर बन्न मद्दत गरिरहेको छ,’माझीले भन्नुभयो ।
ग्रिन कर्णाली परियोजना नाम जस्तै, यसका गतिविधिले विकट क्षेत्रका गरिब तथा दलित समुदायका नागरिकहरूको जीवनस्तर उकास्ने महत्वपूर्ण भूमिका खेलेको स्थानीयले बताएका छन् । राज्यको प्राथमिकताबाट बाहिर परेका यहाँको समुदायले बाख्रा उपहार कार्यक्रम लाई एक जीवन उपहारको रूपमा लिएका समेत लिएको बताएका छन् ।
प्रतिक्रिया