दशरथ मावि प्याडुलीमा एचपीभी खोप अभियान सम्पन्न

दशरथ मावि प्याडुलीमा एचपीभी खोप अभियान सम्पन्न

ठाटीकाँध -   दशरथ माध्यामिक विद्यालय, प्याडुलीमा  पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी (HPV) खोप अभियान सम्पन्न भएको छ । माघ २७ गते दशरथ माध्यमिक विद्यालय, प्याडुलीमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा कक्षा ६ देखि १० सम्मका छात्राहरूलाई खोप प्रदान गरिएको थियो । खोप लगाउने छात्राहरूमा  कक्षा ६ – १६, कक्षा ७ – २६ जना, कक्षा ८ – २० जना, कक्षा ९ – १५ जना, कक्षा १० – २२ जना अन्य – ६ जना गरि जम्मा १०५ जना छात्राहरू ले खोप लगाएको  बताइएको छ ।

स्वास्थ्यकर्मीहरूको उपस्थितिमा सम्पन्न भएको सो कार्यक्रममा विद्यार्थीहरूलाई खोपको महत्व, सुरक्षित मातृत्व तथा पाठेघरको मुखको क्यान्सरबाट बच्ने उपायबारे जानकारी दिइएको थियो। विद्यालयका शिक्षक, अभिभावक तथा स्थानीय स्वास्थ्य संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको सो कार्यक्रममा खोप सहजिकरण गरिएको थियो।

विद्यालय प्रशासनले यस्तो खोप अभियानले छात्राहरूलाई भविष्यमा पाठेघरको मुखको क्यान्सरबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया