नारायणको १५ औं नगरसभा सम्पन्न, स्वच्छता ऐन २०८१ पारित

काठमाडौँ – दैलेखको नारायण नगरपालिकाको १५ औं नगरसभा सम्पन्न भएको छ। नगरपालिकाका मेयर लोमन शर्माको अध्यक्षतामा बसेको नगरसभाले महत्वपूर्ण नीतिगत निर्णयहरू गर्दै खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी ऐन २०८१ पारित गरेको छ। नगरसभामा सहभागी सदस्यहरूले विभिन्न नीतिगत विषयहरूमा खुला छलफल गर्दै आफ्ना सुझावहरू राखेका थिए।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम बुढाका अनुसार पारित ऐनले नगरवासीलाई स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्नेदेखि नगरलाई सफा र स्वस्थ राख्न आवश्यक व्यवस्था समेटेको छ। यस ऐनले नागरिकको कर्तव्य तथा नगरपालिकाको सहकार्यको दायित्वलाई स्पष्ट रूपमा परिभाषित गरेको छ।
नगरसभा सम्पन्न भएसँगै नगरपालिकाले स्थानीय विकास, पूर्वाधार निर्माण तथा सेवासुविधा विस्तारलाई प्राथमिकतामा राख्दै कार्यान्वयनका चरणहरू अघि बढाउने जनाएको छ। नगरवासीको जीवनस्तर सुधार गर्ने उद्देश्यले पारित गरिएको नयाँ ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने प्रतिवद्धता पनि नगरपालिकाले व्यक्त गरेको छ।
प्रतिक्रिया