भैरवीका कृषकलाई नर्सरी ब्याड निर्माण तथा जैविक विषादीबारे प्रशिक्षण
![भैरवीका कृषकलाई नर्सरी ब्याड निर्माण तथा जैविक विषादीबारे प्रशिक्षण](https://snowberry.prixacdn.net/media/gallery_folder/dlk2_qNBDYx1DJy_7bjhrhyplzbofppgjtxtultu9lhqkg12hpedhgyylcojflzyvzpomlrmc4px_6zgj5yUMTi_g18rzucmzlwmy7tx7qpmftxb9zvjuolqdesknmxrru9p6gytbm62zjneqhy0.jpg)
भैरवी - दैलेखको भैरवी गाउँपालिकामा कृषक सदस्यहरुलार्ई नर्सरी ब्याड निर्माण तथा जैविक विषादी सम्बन्धी सहजीकरण कार्यक्रम गरिएको छ । एइआइएन लक्जेम्बर्गको साझेदारी सोसेक नेपालद्वार भैरवी गाउँपालिकामा संचालित आधार परियोजनाको सहयोगमा कृषक सदस्यहरुलार्ई नर्सरी ब्याड निर्माण तथा जैविक विषादी सम्बन्धी सहजीकरण कार्यक्रम गरिएको हो ।
भैरवी गाउँपालिका वडा नं - २ मा गठित चिन्तेमय कृषि समूहका सदस्यहरूलाई व्यावसायिक तरकारी खेती प्रवर्द्धन गर्ने उद्देश्यले नर्सरी ब्याड निर्माण तथा जैविक विषादीसम्बन्धी विशेष सहजीकरण कार्यक्रम सम्पन्न भएको हो ।
उक्त सहजीकरण कार्यक्रम अन्तर्गत किसानहरूलाई नर्सरी ब्याड निर्माणका तरिकाबारे विस्तृत जानकारी प्रदान गरिएको सोसेक नेपालद्वारा संचालित आधार परियोजनामा कार्यरत कृषि प्रँबिधिक सम्झना थापाले जानकारी दिनुभयो । उहाँका अनुसार नर्सरी ब्याड विभिन्न प्रकारका हुन्छन्, जसमध्ये उन्नत व्याड, उठाइएको व्याड र सिधा माटोमा बनाइने ब्याड प्रमुख रहेका छन्। सहजीकरणका क्रममा हावापानी, माटोको बनावट तथा सिँचाइ प्रणालीअनुसार उपयुक्त ब्याड छनोट गर्ने विधि समेत सिकाइएको उहाँले बताउनुभयो ।
त्यस्तै, जैविक विषादीको प्रयोगसम्बन्धी व्यावहारिक प्रशिक्षण दिइएको थियो । परम्परागत रासायनिक विषादीको असर कम गर्न तथा वातावरणमैत्री कृषि प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न जैविक पदार्थ प्रयोग गरेर तयार गरिने विषादीको महत्व र निर्माण प्रक्रिया किसानहरूलाई सिकाइएको थियो ।
व्यावसायिक तरकारी खेतीलाई थप प्रवर्द्धन गर्न कार्यक्रमकै क्रममा चिन्तेमय कृषि समूहका किसानहरूलाई काक्रो, करेला, सिमी, फर्सी, भण्टा, खुर्सानी, साग तथा टमाटरका उन्नत जातका बीउ वितरण गरिएको थापाले बताउनुभयो । स्थानीय स्तरमा आत्मनिर्भर उत्पादन प्रणालीलाई सुदृढ बनाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको बताइएको छ ।
प्रतिक्रिया