कर्णाली उत्सव ‘कुडा कर्नाली‍’को छैटौं संस्करण फागुन ५, ६ र ७ गते हुने

कर्णाली उत्सव ‘कुडा कर्नाली‍’को छैटौं संस्करण फागुन ५, ६ र ७ गते हुने

काठमाडौँ –   कर्णालीलाई चिन्ने र चिनाउने वहस तथा विमर्शको उत्सव ‘कर्णाली उत्सव’ को छैटौं संस्करण हुने भएको छ । सोमबार यही फागुन ५, ६ र ७ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित सिटी हलको आँगनमा आयोजना हुने भएको हो।

आयोजक संस्था ऋति फाउण्डेसनका अनुसार उत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ। ‘कुडा कर्नालीका मूल नाराका साथ आयोजना हुने यो उत्सवले कर्णालीको पहिचान, सम्भावना र समृद्धिको यात्राबारे नीति निर्माताहरूसँग सुझाव आदानप्रदान गर्ने तथा सार्वजनिक पदाधिकारीलाई उत्तरदायी बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

आयोजकका अनुसार यो उत्सव परम्परागत कचहरी वा बैठकलाई आधुनिक रूपमा प्रस्तुत गर्ने प्रयास भएको जनाएको छ। यस सामाजिक अभियानमा विभिन्न तहका सरकार, गैरसरकारी संघसंस्था, व्यावसायिक प्रतिष्ठान, नागरिक समाज तथा विज्ञहरूको महत्वपूर्ण सहयोग रहँदै आएको आयोजकले जानकारी दिएको छ।

कर्णाली उत्सवका पाँचवटा संस्करणहरू यसअघि सफलतापूर्वक सम्पन्न भइसकेका छन्। मिडियाको मुख्य भूमिकाकै कारण यस उत्सवले बेग्लै पहिचान बनाएको आयोजक संस्थाले जनाएको छ।

कार्यक्रमको खर्च तथा आम्दानी विवरण सार्वजनिक गर्दै आएको ऋति फाउण्डेसनले यस वर्ष पनि पारदर्शी रूपमा उत्सव सम्पन्न गरिने जनाएको छ।

प्रतिक्रिया