नेपाली छात्राको मृत्यु र विद्यार्थी निष्कासनप्रति सांसद रानाद्वारा सरकारको गम्भीर ध्यानाकर्षण

नेपाली छात्राको मृत्यु र विद्यार्थी निष्कासनप्रति सांसद रानाद्वारा सरकारको गम्भीर ध्यानाकर्षण


काठमाडौँ  –     प्रतिनिधि सभा सदस्य सीता कुमारी रानाले भारतमा नेपाली छात्राको मृत्यु र होस्टेलबाट निष्कासनप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्नुभएको छ ।

प्रतिनिभि सभाको शून्य समयमा बोल्दै (के.आइ.आइ.टी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्दै सरकारको गम्भिर रुपमा ध्यानाकर्षण गर्नुभयो ।

सांसद रानाले संसद्मा बोल्दै प्रकृति लम्सालको निधनलगत्तै सो विश्वविद्यालयका नेपाली विद्यार्थीहरूलाई होस्टेलबाट बाहिर जान आदेश दिइएको समाचारले आफू स्तब्ध भएको बताउनुभयो । नेपाल सरकार र भारतस्थित नेपाली दूतावासले नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि चालेका कूटनीतिक पहलप्रति धन्यवाद व्यक्त गर्दै, नेपाल सरकारले यस विषयमा अझ बढी सक्रियता देखाउनुपर्नेमा जोड दिनुभयो ।

सांसद रानाले हजारौं नेपाली विद्यार्थीहरू भारतका विभिन्न विश्वविद्यालयमा अध्ययनरत रहेको स्मरण गराउँदै, नेपाल सरकारले ती विद्यार्थीहरूको सुरक्षा र संरक्षणलाई प्राथमिकतामा राखेर आवश्यक पहल गर्नुपर्ने बताउनुभयो । उहाँले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै भन्नुभयो, 'विद्यार्थीहरू विदेशमा सुरक्षित महसुस गर्न सक्ने वातावरण बनाउन नेपाल सरकार अझ जिम्मेवार हुनुपर्छ ।'


 

प्रतिक्रिया