मध्यपहाडी लोकमार्गमा कालो पत्रेको काम सकियो तर,रुट परमिट खोल्न ढिलाइ

विभागको ढिलाइले गर्दा यात्रुहरू समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण

मध्यपहाडी लोकमार्गमा कालो पत्रेको काम सकियो तर,रुट परमिट खोल्न ढिलाइ

काठमाडौँ –  प्रतिनिधि सभा सदस्य सीता कुमारी रानाले मध्यपहाडी लोकमार्गको दैलेख खण्डमा कालोपत्रे सम्पन्न भए तापनि यातायात व्यवस्था विभागले रुट परमिट खोल्न ढिलाइ भएको बताउनुभएको छ ।

संसदको शून्य समयमा बोल्दै उहाँले समयमै रुट परमिट खोल्न ढिलाइ हुँदा यात्रुहरूलाई समस्या परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।  व्यवसायीहरू सार्वजनिक यातायात सञ्चालन गर्न तयार भएतापनि आवश्यक रुट परमिटको अभावले यात्रामा बाधा पुर्याएको बताउनुभयो ।

सरकारी निकायहरूबीच समन्वयको अभावले यातायात सञ्चालन अवरुद्ध भइरहेको छ, जुन दुःखद् अवस्था हो,उहाँले भन्नुभयो , 'कालोपत्रे सम्पन्न भएपछि यातायात सहज रुपमा सञ्चालन हुनुपर्छ, तर रुट परमिट नखुल्दा नागरिकहरू समस्यामा परिरहेका छन् ।'

सम्बन्धित निकायहरूको समन्वयका कमीले गर्दा जनताले सास्ती भोगिरहेको भन्दै सांसद रानाले रुट परमिट खुलाउन तत्काल पहल गर्न आग्रह गर्नुभयो ।  उहाँले यातायात व्यवस्था विभागलाई अविलम्ब निर्णय गरेर लोकमार्गमा सार्वजनिक यातायात सञ्चालनको लागि वातावरण तयार गर्न आग्रह गर्नुभयो। 

प्रतिक्रिया