दैलेखमा राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा कार्यक्रम

दैलेखमा राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा कार्यक्रम

दैलेख  –   राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा दैलेख सदरमुकाममा एक विशेष कार्यक्रम आयोजना गरिएको छ । दिवसका अवसरमा पूर्वसाँसद रबिन्द्रराज शर्माले असल कामहरुको प्रयास र प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा दैलेख सदरमुकाममा आयोजना गरिएको कार्यक्रममा उहाँले सकारात्मक कुरा र असल कामको प्रयास  सबैले थालनी गर्नुपर्ने बताउनुभयो ।

पूर्वसाँसद शर्माले जताततै नकारात्मक मनोबृति र विचारधारा प्रसय पाएको बेला प्रशंसा र सकारात्मक काम गरिहाल्नेहरु ‘लभुताभास’मा बस्नुपर्ने स्थिति आएको औंल्याउदै असल प्रयासहरु थालनी नगरे समाज बिकृति र विसंतिको फस्ने खतरा रहेको चर्चा गर्नुभयो ।

 नारायण नगरपालिकाका उपमेयर तप्ताकुमारी थापाले २००७ सालमा आएको प्रजातन्त्र, त्यसपछिका धेरै राजनीतिक आन्दोलन र पछिल्लो उपलब्धी लोकतान्त्रिक गणतन्त्रमा प्राप्त भएको अधिकार र समावेशी राज्य संयन्त्रले पछाडि पारिएकाहरुका जाति, वर्ग, क्षेत्रले गौरब गरेको बताउनुभयो ।

कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले व्यवस्था परिवर्तन हुँदा पनि आमनागरिकको अवस्था परिवर्तन नभएकोले सबै निकायले सर्वसाधारणको जीवनस्तर उठाउन ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले आफ्नो अधिकारको उपभोग गर्दा अरुको अधिकारको सम्मान गर्नुपर्ने सुझाव दिनुभयो ।

त्यस्तै महाबु गाउँपालिका अध्यक्ष जंगबहादुर शाही, नेपाली काँग्रेका जिल्ला सभापति मणिराम रेग्मी, एमाले सचिव हिमालयजंग शाह, माओवादी केन्द्रका केन्द्रीय सदस्य गोपाल नेपाली, नेकपा एसका अध्यक्ष मायाराम अधिकारी, नेमकिपाका रत्नेश श्रेष्ठले प्रजातन्त्र दिवस र वर्तमान राजनीतिक परिवेश बारे आफ्नो धारणा राख्नुभएको थियो ।
 

प्रतिक्रिया