‘अस्पतालले जनताको विश्वास बढ्नेगरी काम गर्नुपर्छ’

सुर्खेत - कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश अस्पतालले जनताको विश्वास बढ्ने गरी काम गर्नुपर्ने बताउनुभएको छ ।
आज प्रदेश अस्पताल सुर्खेतको १९औँ स्थापना दिवसलाई सम्बोधन गर्दै उहाँले राम्रो सेवा पाउँदा मात्र सरकारको काम जनताले बुझ्ने भएकाले जिम्मेवारीपूर्वक काममा लाग्न निर्देशन दिनुभयो ।
कर्णाली प्रदेश सरकारले समग्र कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्र सुधार गर्ने योजनामा सरकारले काम गरिरहेको मुख्यमन्त्री कँडेलले उल्लेख गनुभयो ।
कर्णाली प्रदेशका सबै क्षेत्रका विकास निर्माणका काम अघि बढिरहेको हुनाले केही समयमा कर्णाली समुन्नत हुने उहाँको भनाइ थियो ।
प्रतिक्रिया