‘रुद्रराज’ पुरस्कार गार्गी शर्मालाई

काठमाडौँ – सरदार रुद्रराज साहित्य सेवा समितिले यस वर्षको ‘रुद्रराज’ पुरस्कार गार्गी शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ ।
नेपाली भाषासाहित्यलाई समृद्ध तुल्याउन उहाँले निर्वाह गर्नुभएको योगदानको कदर गर्दै रु ५० हजार राशिको उक्त पुरस्कार स्रष्टा शर्मालाई प्रदान गर्ने निर्णय भएको समितिका अध्यक्ष बद्रीराज पाण्डेले बताउनुभयो ।
साहित्यकार रुद्रराज पाण्डेको १२५ औँ जन्मजयन्तीका दिन यही फागुन २६ गते उक्त पुरस्कार प्रदान गरिनेछ । उपन्यास, नाटक, कथा, हास्यव्यङ्ग्यका माध्यमबाट नेपाली भाषा, साहित्य, शिक्षा र समाजसेवाका पाण्डेले उल्लेखनीय योगदान गर्नुभएको छ । उहाँको ‘रुपमती’ उपन्यास पाठकमाझ लोकप्रिय छ ।
प्रतिक्रिया