कर्णाली प्रदेश अस्पतालमा ६ जनाको मिर्गौलाको प्रत्यारोपण

कर्णाली प्रदेश अस्पतालमा ६ जनाको मिर्गौलाको प्रत्यारोपण

सुर्खेत — कर्णाली प्रदेश अस्पतालमा सुर्खेतमा ६ जनाको मिर्गौला प्रत्यारोपणको गरिएको छ ।  नेपाल सरकारको नीति तथा कार्यक्रम बमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहकार्यमा सञ्चालन गरिएको सेवाबाट ६ जनाको सफल प्रत्यारोपण गरिएको हो।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले कर्णालीमा प्रत्यारोपण सेवा सुरु गर्दा कर्णाली प्रदेश मात्र नभएर अन्य प्रदेशका नागरिकले पनि प्रत्यक्ष लाभ लिएको बताए । कर्णालीमा प्रत्यारोपण सेवा सञ्चालन हुँदा जिल्ला बाहिर जानु पर्ने बाध्यता हटेको छ । प्रदेश अस्पतालमा पहिलो पटक २०७९ माघ २१ पहिलो मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपण केन्द्रका निर्देशक डा। श्रेष्ठले अन्य प्रदेशमा रहेका अस्पतालको तुलनामा कर्णाली प्रदेश अस्पताल सेवा प्रवाहमा धेरैअघि छ ।
यो अस्पतालले निकै उत्कृष्ट सेवा दिइरहेको जानकारी दिए । उनले भने, कर्णाली प्रदेशका दुई डाक्टरलाई राष्ट्रिय प्रत्यारोपण केन्द्रले फेलोसिपमा एक वर्षको कोर्स गर्न सहयोग गर्ने छ । त्यसपछि प्रत्यारोपण गर्नका लागि काठमाडौंको जनशक्ति भर पर्नु पर्दैन ।’प्रदेश अस्पताल निर्देशक डा।केशर ढकालले अस्पतालले अन्य विशेषज्ञ सेवा विस्तार गर्ने तयारी समेत रहेको बताए । प्रदेश अस्पतालमा क्यान्सर रोगको उपाचारका लागि अंकोलोजी सेवा सञ्चालन गरिएको छ भने जनरल उपचार तथा शल्यक्रिया सेवा पनि थप गरिएको छ । यस्तै, मुटु रोग निदान उपचारका लागि क्याथल्याब सेवाको परीक्षण सम्पन्न भइसकेको अस्पतालको भनाइ छ ।
साभार कान्तिपुर 
 

प्रतिक्रिया