कर्णाली प्रदेशबाट ३७ हजार विद्यार्थीले एसईई दिदै १८० परिक्षा केन्द तोकिए

दैलेखबाट ६ हजार १ सय ९६ विद्यार्थीले एसईई दिदै

कर्णाली प्रदेशबाट ३७ हजार विद्यार्थीले एसईई दिदै १८० परिक्षा केन्द तोकिए


 दैलेख  । कर्णाली प्रदेशबाट चालु आर्थिक वर्षमा ३७ हजार ९सय ८१ जना विद्यार्थीले माध्यामिक शिक्षा परिक्षा (एसईइर्) सहभागी हुने भएका छन ।। शिक्षा विकास निर्देशनालयका निर्देशक दीपा हमालका अनुसार एसईई परीक्षाका लागि १८० परिक्षा केन्द्र तोकिएको जानकारी दिईन ।
नियमिततर्फ ३१ हजार ८ सय ४, ग्रेडबृद्धितर्फ ६ हजार १ सय ७ र प्राविधिकतर्फ १ हजार ३ सय ४२ विद्यार्थी छन् । गत वर्ष कर्णालीबाट ३५ हजार आठ सय आठ विद्यार्थी एसईईमा सहभागी भएका थिए । यो वर्ष झण्डै दुई हजार विद्यार्थीको संख्यामा वृद्धि भएको हो । गत वर्ष कूल विद्यार्थी संख्याको ५८ प्रतिशत विद्यार्थी माथिल्लो कक्षामा पढ्न नपाउनेगरी ननग्रेडेड भएका थिए ।
कर्णालीमा यस वर्षको एसईई परीक्षा सञ्चालन गर्न १ करोड ३९ लाख ३० हजार ५ सय रुपैयाँ खर्च हुने निर्देशनालयले जनाएको हो । कर्णालीका १० जिल्लामध्ये एसईईमा सबैभन्दा धेरै विद्यार्थी सुर्खेतबाट सहभागी हुँदैछन् । सुर्खेतबाट ९ हजार ५सय १३ विद्यार्थीले एसईई परीक्षा दिनेछन् ।

दैलेखबाट ६ हजार १ सय ९६ विद्यार्थीले एसईई दिदै 

त्यसै गरि दैलेखबाट ६ हजार १ सय ९६ जना विद्यार्थीले माध्यामिक परिक्षा एसईई परिक्षामा सहभागी हुने भएका छन् । 
जसमा नियमित तर्फ ४ हजार ५ सय ४ छन भने गे्रडबृदि तर्फ १ हजार ४ सय ९६ जना,प्राविधिक तर्फ १ सय ९६ जना विद्यार्था सहभागी हुने शिक्षा विकास तथा समन्वय ईकाई दैलेखका कार्यालय प्रमुख रमेश मल्लले जानकारी दिए । उनले भने,जिल्लामा २७ वटा परिक्षा केन्द्र तोकिएका छन भने छात्र ३ हजार ३ सय ३२ जना रहेका छन् भने छात्र २ हजार ८ सय ६४ जना सहभागी हुनेछ । 


जस अनुसार नियमित तर्फ ४ हजार ५ सय जना विद्यार्थी सहभागी हुनेछन् । ग्रेडबृद्धिमा १ हजार ४ सय ९६ विघार्थी रहेका छन् भने प्राविधक धारतर्फ १९६ विद्यार्थी सहभागी हुने शिक्षा विकास तथन सवन्वय ईकाईका सुचना अधिकार रतन विष्ट जानकारी दिए । गत बर्ष दैलेख जिल्लाबाट एसईई पाँच हजार २ सय ५७ जना जना विद्यार्थीले सहभागिता जनाउने थिए भने २५ वटा परिक्षा केन्द्र तोकिएको थियो । गत बर्षको तुलनामा यस बर्ष विद्यार्थी संख्या बढेकाले परिक्षा पनि बढेको हो,उनले भने । 
 

प्रतिक्रिया