पञ्चकोशी धार्मिक क्षेत्र शिरस्थान नाभिस्थान सडक स्तरोन्नती आग्रह

पञ्चकोशी धार्मिक क्षेत्र शिरस्थान नाभिस्थान सडक स्तरोन्नती आग्रह

 

काठमाडौँ -  प्रतिनिधि सभा सांसद  सीताकुमारी रानाले दैलेखको पञ्चकोशी धार्मिक क्षेत्र शिरस्थान (नाभिस्थान) सडक स्तरोन्नती कार्यको लागि छिटो वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) गराउन सरकारसँग आग्रह गर्नुभएको छ ।

बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उहाँले पूर्वाधार विकास कार्यालय दैलेखले वातावरणीय प्रभाव मूल्याङ्कन नगरी २०८१/०८२ आर्थिक वर्षमा उक्त सडकको ठेक्का खोलिसकेको उल्लेख गर्नुभयो ।

सांसद रानाले भन्नुभयो, 'यस सडक मार्गमा सामुदायिक वन पर्न गएकोले सडक विस्तारका क्रममा वनका रुखहरू काट्नुपर्ने आवश्यकता रहेको छ । तर, अहिले सम्म आईईई, ईआईए प्रतिवेदन तयार नगरी निर्माण कार्य अघि बढाउन नसकेको भन्दै तत्काल प्रतिवेदन तयार गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै भैरवी गाँउपालिका–१ जलजलेमा पेट्रोल अन्वेषण पछि ग्यासको अस्तित्व पत्ता लागेको छ, र चीनले सो क्षेत्रको ग्यास स्रोतको अध्ययन र अनुसन्धान गरिरहेको छ। उक्त क्षेत्रलाई प्राथमिकता दिई सडक निर्माण प्रक्रिया तीव्र बनाउनुपर्ने बताउनुभयो ।

सांसद रानाले सरकारसँग आग्रह गर्दै भन्नुभयो, 'सडक निर्माणमा लगानी बढाउन र क्षेत्रीय विकासमा वृद्धि ल्याउन हामीलाई छिटो वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया पूरा गर्नु आवश्यक छ।'

प्रतिक्रिया