लोप हुदै परम्परागत गहना

दैलेख । आधुनिक फेशनमा आएको परिवर्तन संगै गाँउघरमा लगाइने परम्परागत गहना लोप हुदै गएका छन् । बजारमा आएका विभिन्न खालका आधुनिक गहनाका कारण महिलाले लगाउदै आएका चक्ली,बुलाकी,ढुंग्री,मडहरी र तिलहरी सुनका गहना ओझेलमा परेका हुन् ।
पहिले विहेवारी नभएपनि सँस्कृतिको रुपमा गहना लगाउने चलन थियो । आजभोली विवाह भएकाले पनि त्यो चलन छोडे आठविस नगरपालिकाका चन्द्रबहादुर शाहीले बताए । पहिले केटी मगनी गर्न जाँदा अधिकाँश केटीले मलाई यति तोला गहना बनाउनुपर्ने माग गर्ने गर्थे । आधुनिक फेशन र सुन महँगीका कारण परम्परागत गहना लोप भएको जानकारी दिए ।
गाँउमा गहना लगाउने युवती कमैमात्र भेटिन्छन् । सुनको मुल्यमा आएको अत्याधिक बृद्धिले गर्दा महिला र युवतीले लगाउने परम्परागत सँस्कृति लोप हुदै गएको चामुण्डा विन्द्रासैनी –६ का झक्क विकले बताए । तर गाँउमा सञ्चालन हुने विभिन्न संघ संस्थाहरु भने गरगहना नलगाउने सल्लाह सुझाव दिने गरेकाले कतिपयले भए पनि नलगाउने गरेको सोही नगेन्द्र बताए ।
हातमा काँडेचुरा रानीचुरा,कान र नाकमा सुनका गहनाले सजिने गाँउकी युवती बजारमा आएका विभिन्न खाले गहनामा सजिने गरेकी छन् । विहेवारी होस, नहोस गरगहनामा सजिने गाँउका युवतीलाई गहना लगाउने चलन पुरानो भईसकेको आठविस नगरपालिका सात्तलाकी अमृता थापाले बताइन । ‘चक्ली मडहरी त पुरानो मान्छेले लगाउने हो हामीले त नाकमा टुकी भए र कानमा रिङ भए सब पुग्यो । ”
पुरानो चलनअनुसार मागी विवाह हँुदा केटीहरुले आफुले लगाउने गहना भएमात्र विवाह गर्ने भनेपछि पोइली भनिने केटा पक्षकाले घरमा नभएपनि खेतबारी बेचेर होस वा साहँुमहाजनबाट ऋण काढेर भनेअनुसार गहना बनाउनु पर्ने बाध्यता हुन्थ्यो । मागी विवाह भन्दा प्रेम विवाह बढदै गएकाले गहना लगाउने चलन समेत हटेको छ सोही ठाउँका दिर्घबहादुर थापाले बताए ।‘सुनको उच्च मुल्य र प्रेम विवाहले नै परम्परागत साँस्कृति लोप भएका हुन् उनले थपे ।”
प्रतिक्रिया