सिंगो गाउँ नै इन्फ्लुएन्जाबाट संक्रमित

सिंगो गाउँ नै इन्फ्लुएन्जाबाट संक्रमित संक्रमण फैलिएको स्थान खाँडाचक्र नगरपालिका–२ स्थित थामकोट गाउँमा स्वास्थ्य उपचार लिदै बिरामी

कालिकोट । कालिकोटको खाडाचक्र नगरपालिकाको थामकोट सिंगो गाउँमा इन्फ्लुएन्जाका बिरामी भेटिएका छन । एकैदिन १५ देखी २५ जनाको संख्यामा बिरामी जिल्ला अस्पतालमा भर्ना भएपछि अस्पतालले थामकोट र अन्य बस्तीमा चिकित्सक सहितको टोली शुक्रवार थाम र कायाँगडा बस्तिमा चेकजाँच तथा उपचार शिबिर संचालन गर्दा सिंगो गाउँनै इन्फ्लुएन्जा संक्र्मित भएको उपचारमा संलग्न डा।दर्शनप्रसाद पाण्डेले जानकारी दिएका छन् ।

धमाधम बिरामी अस्पताल भर्ना भरीभराउ हुन थालेपछी थामाकोट गाउँमा चेकजाँच तथा उपचार गर्न बस्तिमै छिरेको डा। पाण्डेले बताए । उनका अनुसार स्वास्थ्य सेवा कार्यालय र खाँडाचक्र नगरपालिका स्वास्थ्य शाखाको संयुक्त आयोजनामा चिकित्सक सहितको टोलीले शुक्रवार एकैदिन सयभन्दा बढी बिरामी फेला परेका छन ।अहिले सामान्य ज्वरो रोकथामको लागी उपचार गरिरहेका छौ । चेकजाँच गरिएका मध्य ५ जना बालबालिकामा एकसय २ डिग्री भन्दा माथी ज्वरो देखिएको छ । उनिहरुको अवस्था सिरीयस रहेको छ । यसको चेकजाँच तथा रोकथामको लागी सव किट जिल्ला अस्पतालमा छैन । किट प्रदेश अस्पतालदेखी माग मागरेका छौ भोलीसम्म किट जिल्लामा पुग्ने कुरा छ ।

उनले थामकोटमा महामारीको रूप लिएको जनाउँदै बिरामी पर्नेमा अधिकांश बालबालिका रहेको बताए । ‘गाउँमा अवस्था जटिल छ,’ उपचारमा संलग्न डा। दर्शन पाण्डेले भने, ‘ प्रदेशबाट थप औषधि र किट माग गरेका छौं ।’ बिरामीमा ज्वरो आउने, टाउको तथा मांसपेशी दुख्ने, खोकी लाग्ने लक्षण देखिएको छ । वडा २ का अध्यक्ष कविन्द शाहीले गाउँभरि सिकिस्त बिरामीहरू रहेको बताए । उनको घरमा मात्रै चार जना बिरामी छन् । ‘बच्चादेखि वृद्धसम्म सबै बिरामी छन,’ उनले भने, ‘ आवश्यक किट रऔषधिको कमी हुन सक्ने हुदा हामिले जिल्ला अस्पताल संग समन्वय गरेका छौँ ।

आज मात्र पहिलोदिन चेकजाँच गरेको शाखा प्रमुख रविन्द सेजुवालले जानकारी दिए । वडा र्न २ को थामकोट र गैरागाउँ बस्तीमा शुक्रवार मात्र एकसय बढी इन्फ्लुएन्जा संक्र्मित बिरामी भेटिएको सेजुवालले जानकारी दिए । उनिहरुको चेकजाँच र उपचार भइरहेको छ । दुई सातादेखि फैलिएको भाइरल ज्वरोले कालिकोटमा अन्य क्षेत्रमा पनी महामारीको रूप लिएको थियो । साभार: राजधानीबाट

 

प्रतिक्रिया