देउडा खेलेर हुम्लाका महिलाले मनाए  महिला दिवस

देउडा खेलेर हुम्लाका महिलाले मनाए  महिला दिवस

हुम्ला  -  यहाँका महिलाले देउडा खेलेर एक सय १५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाएका छन् । अदानचुली गाउँपालिकाद्वारा  दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा  वक्तृत्वकला प्रतियोगितासहित देउडा खेल पनि खेलाएको थियो ।

‘सबै महिला तथा बालिकाका लागि अधिकार, समानता र सशक्तीकरण’  भन्ने नारासहित गाउँपालिकाका छवटै वडाका महिला ‘प्लेकार्ड’सहित र्यालीमा सहभागी भएका थिए । 

सहभागीले महिलामाथि हुने हिंसा र विभेदविरुद्धका अन्त्य गर्नुपर्ने मागका ‘प्लेकार्ड’ र ‘ब्यानर’ बोकेका थिए ।  महिला अधिकारकर्मी तारा चन्दले महिला माथि हुने हिंसा र विभेद अन्त्य गर्न सामूहिक प्रयत्नको खाँचो औल्याउनुभएको थियो । 

‘मर्यादित महिनावारी’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा वडा नं ५ की केशरी ऐडी प्रथम हुनुभयो भने मिठाई खेलमा २ नं वडाकी फागुनी बुढाले जित हात पार्नुभयो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कर्ण रोकायाले महिलामाथि हुने सबै प्रकारका विभेद र उत्पीडनको  अन्त्य गर्न पालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिराखेको जानकारी दिनुभयो । 

प्रतिक्रिया