चामुण्डाविन्द्रासैनी नगरपालिकाको आठौं स्थापना दिवसमा ७ जना कर्मचारी सम्मानित

चामुण्डाविन्द्रासैनी नगरपालिकाको आठौं स्थापना दिवसमा ७ जना कर्मचारी सम्मानित

दैलेख । चामुण्डाविन्द्रासैनी नगरपालिकाको ८ औँ स्थापना दिवसको अवसरमा ७ जना कर्मचारी सम्मानित भएका छन । गएको मंगलबार चामुण्डाबिन्द्रासैनी नगरपालिकाको ८ औँ स्थापना दिवसको अवसरमा कार्यसम्पादन मुल्यांकनको आधारमा  ७ जना कर्मचारीलाई सम्मान गरेको हो ।

स्थापना दिवसमा चामुण्डाविन्द्रासैनी नगरपालिका स्वास्थ्य शाखा अधिकृत छैँठो मानकुमारी शाही, पुर्वाधार शाखामा कार्यरत सब इन्जिनियर प्रकाश विक्रम शाही, योजना शाखामा कार्यरत सहयाक चौथो खगेन्द्रबहादुर शाही, प्रशासन शाखा पाँचौ तहमा कार्यरत लक्ष्मीराज विष्ट, वडा नं. २ का सचिव गोविन्द सुवेदी र कुचिदार धने कामीलाई लगायत सबै जनालाई नगद १० हजार सहित सम्मान गरिएको चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले जानकारी दिए ।

प्रतिक्रिया