बाल विवाह न्युनिकरण सम्बन्धी विद्यालयस्तरीय सचेतना कार्यक्रम

बाल विवाह न्युनिकरण सम्बन्धी विद्यालयस्तरीय सचेतना कार्यक्रम

दैलेख –    दैलेखको भैरवि गाउँपालिकामा विद्यालय स्तरमा सचेतना कार्यक्रम गरिएको छ । बाल विवाह न्युनिकरण तथा कानुनी प्रावधानबारे सचेतना बढाउने उद्देश्यले भैरवि गाउँपालिका ५, डाँडिमाडीस्थित श्री हिमालय माध्यामिक विद्यालयमा एक दिने सचेतना कार्यक्रम गरिएको हो ।

सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय, र सामाजिक विकास कार्यालय दैलेखको आयोजनामा तथा बाल हेल्पलाइन १०९८ र सोसेक नेपालको समन्वय तथा सहजीकरणमा कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा बाल विवाहका कारण उत्पन्न हुने सामाजिक, शारीरिक, मनोवैज्ञानिक तथा कानुनी प्रभावहरूबारे जानकारी गराइइएको थियो ।

सोसेक नेपालका प्रतिनिधिहरूले कानुनमा उल्लेखित बाल विवाह सम्बन्धी दण्ड सजाय, बालअधिकार संरक्षणका उपायहरू तथा समुदायस्तरबाट गरिनुपर्ने पहलकदमीबारे प्रस्ट्याएका थिए ।

 विद्यालयस्तरमा निरन्तर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको बताउँदै विद्यालय, अभिभावक, विद्यार्थी तथा स्थानीय निकायबीच समन्वयको आवश्यकता औंल्याएका थिए ।

कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, स्थानीय जनप्रतिनिधि तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले बाल विवाह रोकथामका लागि आफ्नो तर्फबाट आवश्यक सहयोग र प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया