माटोको ढिस्कोमा पुरिएर घाइते भएका ४ जनाको हेलिकप्टरद्वारा उद्धार

माटोको ढिस्कोमा पुरिएर घाइते भएका ४ जनाको हेलिकप्टरद्वारा उद्धार फाइल तस्बिर

सुर्खेत –  हुुम्लामा माटोको ढिस्कोमा पुरिएर घाइते भएका ४ जनाको उद्धार गरि सुुर्खेतमा ल्याइएको छ । उनीहरुमध्ये ३ जनाको अवस्था गम्भिर छ । हाल उनीहरुको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।

वीरेन्द्रनगर १२ स्थित पश्चिम एयर वेशदेखि हुम्लाको लागि टेकअप भएको नेपाली सेनाको हेलिकप्टरबाट उनीहरुलाई उद्धार गरिएको हो । हुम्लाको सर्केगाड गाउँपालिका–७, रोडिकोटमा माटोको ढिस्कोमा पुरिएर एक महलिाको मृत्यु हुुनुका साथै ४ जना महिला घाइते भएका थिए ।

मृत्यु हुनेमा स्थानीय नेत्रकला जैशी रहेको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष देवकी तिमल्सिनाले बताउनुभयो । विरामीका आफन्त देउप्रसाद जैशीका अनुसार बर्ष २५ की तिर्थकला जैशी, बर्ष ३७ की जालकी जैशी र बर्ष २९ की लक्ष्मादेवि जैशी लाई गम्भिर चोट लागेका कारण अवस्था गम्भिर छ । भने बर्ष २२ की मन्जु जैशीको अवस्था सामान्य छ ।

प्रतिक्रिया