गैरसरकारी संस्था महासंघ नेपालको ११औं महाधिवेशन सम्पन्न, अध्यक्षमा भट्टराई

काठमाडौँ – गैरसरकारी संस्था महासंघ नेपालको ११औं महाधिवेशन सम्पन्न भएको छ। महाधिवेशनबाट अर्जुन कुमार भट्टराई अध्यक्षमा निर्वाचित हुनुभएको छ । नवगठित कार्यसमितिमा विभिन्न पदाधिकारी तथा सदस्यहरू चयन भएका छन् ।
नयाँ कार्यसमितिको नेतृत्वमा अध्यक्ष भट्टराईसँगै राम प्रसाद सुवेदी (निवर्तमान अध्यक्ष), नानी माया थापा (वरिष्ठ उपाध्यक्ष), राजेन्द्र शर्मा र संजय लम्साल (उपाध्यक्ष), देबी खड्का (महासचिव), भवराज रेग्मी तथा किरण थापा (उपमहासचिव) लगायत अन्य पदाधिकारी चयन भएका छन् ।
महासंघका नव-निर्वाचित पदाधिकारी तथा सदस्यहरूले सामाजिक विकास, समावेशिता र संस्थागत सुदृढीकरणमा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन्। महासंघका सदस्य संस्थाहरूको सशक्तीकरण, नीति सुधार तथा सामाजिक क्षेत्रमा गैरसरकारी संस्थाहरूको प्रभावकारिता बढाउने विषयमा नयाँ नेतृत्वले विशेष पहल गर्ने अपेक्षा गरिएको छ।
यसप्रकार छ नवनिर्वाचित कार्यसमिति
प्रतिक्रिया