एनजीओ फेडेरेसनमा १५ पदाधिकारीसहित ५१ सदस्यीय नयाँ कार्यसमिति चयन

एनजीओ फेडेरेसनमा १५ पदाधिकारीसहित ५१ सदस्यीय नयाँ कार्यसमिति चयन

काठमाडौँ -  गैरसरकारी संस्था महासंघ (एनजीओ फेडेरेसन)मा १५ पदाधिकारीसहित ५१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । राष्ट्रियसभा गृहमा सम्पन्न ११ औं राष्ट्रिय महाधिवेशन, ३०औं वार्षिक साधारणसभा तथा राष्ट्रिय नागरिक सम्मेलनले अर्जुन भट्टराईको अध्यक्षमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नानीमाया थापा, उपाध्यक्षद्वयमा राजेन्द्र शर्मा र सञ्जय लम्साल चयन हुनुभएको छ  । यस्तै महासचिवमा देवी खड्का, उपमहासचिवमा भवराज रेग्मी र किरण थापा तथा कोषाध्यक्षमा गोविन्द शाही चयन हुनुभयो  ।

सात प्रदेशबाट प्रतिनिधित्व रहनेगरी ७ जना सचिव चयन हुनुभएको छ  । जसमा कोशीबाट सरिता आङदेम्बे, मधेशबाट रामचन्द्र साह, बागमतीबाट बुद्धशरण लामा, गण्डकीबाट राजेन्द्रप्रसाद पौडेल, लुम्बिनीबाट नमस्कार शाह, कर्णालीबाट जजराज शाही र सुदूरपश्चिमबाट सावित्रा घिमिरे (बिक) सचिव बन्नुभएको छ  ।

महासंघको केन्द्रीय सदस्यहरुमा ध्रुवप्रसाद देव, धर्मलाल रोकाय, लक्ष्मीकुमारी सिंह, धिरा खत्री, विजयकुमार प्रधान, धीरेन्द्रबहादुर सिहं, शोभा खानाल, बालकृष्ण ओझा, रघुबहादुर कठायत, हिरासिंह थापा, सुमन परियार, शिवप्रसाद शर्मा, नागेन्द्र दुवे, गौरा नेपाली, गंगा तामाङ, थिरबहादुर थापामगर, ठाकुरप्रसाद लोहागुन, शिशिर खनाल रहनुभएको छ  ।

यस्तै लखनलाल शाह केन्द्रीय सदस्य तथा कोशी प्रदेश इन्चार्ज, सिर्जना पौडेल केन्द्रीय सदस्य तथा कोशी प्रदेश सह–इन्चार्ज, यादव सरकार केन्द्रीय सदस्य तथा मधेश प्रदेश इन्चार्ज, रुवि मिश्रा केन्द्रीय सदस्य तथा मधेश प्रदेश सह–इन्चार्ज, पहलमान श्रेष्ठ केन्द्रीय सदस्य तथा बागमती प्रदेश इन्चार्ज, पार्वती घिमिरे केन्द्रीय सदस्य तथा बागमती प्रदेश सह–इन्चार्ज, गोपाल खड्का केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज, फुलमाया राना केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सह–इन्चार्ज चयन हुनुभएको छ ।

यस्तै रीमा बिसी केन्द्रीय सदस्य तथा लुम्विनी प्रदेश इन्चार्ज, ठाकुर घिमिरे केन्द्रीय सदस्य तथा लुम्विनी प्रदेश सह–इन्चार्ज, विष्णुदेवी रावल केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज, कल्पना रावल केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सह–इन्चार्ज, प्रेमबहादुर महर केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज र कौशिला चौधरी केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश सह–इन्चार्ज चयन हुनुभएको छ  ।

नवनिर्वाचित अध्यक्ष भट्टराईले बाँकी ३ जना केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी रहेको बताउनुभयो । उहाँका अनुसार केन्द्रीय समितिमा ३३ प्रतिशतभन्दा बढी महिला र विभिन्न वर्ग तथा समुदायको सहभागिता रहेको छ ।

गैरसरकारी संस्था महासंघमा ५ संस्था बराबर एक जना केन्द्रीय कार्य समिति सदस्य रहने व्यवस्था छ । महासंघको अधिवेशनमा ६ हजार ७०० संस्थाबाट ९२२ प्रतिनिधिको सहभागिता रहेको थियो ।

महासंघको ११औं राष्ट्रिय महाधिवेशन, ३०औं वार्षिक साधारणसभा तथा राष्ट्रिय नागरिक सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्घाटन गरेका थिए ।

प्रतिक्रिया