वालवालिकालाई सँस्काररुपी प्रावधिक शिक्षाको आवश्यकता छ :साँसद राना

वालवालिकालाई सँस्काररुपी प्रावधिक शिक्षाको आवश्यकता छ :साँसद राना

दैलेख । पछिल्लो समयमा बालबालिका नकारात्मक बाटोतिर लाग्न थालेकाले सस्कार रुपी प्राविधिक शिक्षाको आवश्यकता रहेको प्रतिनिधी सभा सदस्य सिता कुमारी रानाले बताईन । गएको विहिवार होली विशेष कार्यक्रम सँगै दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नं.१ मा रहेको श्री हिमालय माध्यामिक विद्यालय तिजडाँडाले होली विशेष कार्यक्रमसँगै विद्यार्थी फेरी भेटौँला कार्यक्रममा साँसद रानाले यस्तो बताएकी हुन् । 

हिमालय माध्यामिक विद्यालयबाट कक्षा १० पास गरि आगामी एसईईमा सहभागि विद्यार्थीहरुलाई विदाई एवं फेरी भेटौला कार्यक्रमको उद्धघाटन गर्दै प्रमुख अतिथि दैलेख क्षेत्रनं २ बाट प्रतिनिधिसभा सदस्य सिता कुमारी रानाले भनिन,अहिलेका वालवालिकाहरुलाई सँस्काररुपी प्राविधिक ज्ञान दि जरुरी छ ।  विज्ञान र प्रविधिले अहिलेका वालवालिकाहरुलाई नकारात्मक वाटोमा धकेलिरहेकोप्रति चिन्ता व्यक्त गरिन ।

वालबालिका भविष्यका कर्णधार भएकाले यतिबेलाका वालवालिकाहरु मोबाइल प्रयोग लगाएत बजारको रेडिमेट कुराबाट प्रभावित गरेको छ । उनिहरुलाई तनावको वातावरण सिर्जना गर्दै मृत्यु रोज्न बाध्य पारेको छ। यसलाई निरुत्साहित गर्न बालबालिका अभिभावक शिक्षक बृद्धिजिवीको दायित्व उत्तिकै छ । हामी घर देखी स्कुल सम्म सकारात्मक कुरा सिकायौ ,बालवालिका मैत्री वातावरण वनायौ भने मात्र समस्या समाधान गर्न सकिन्छ,उनले भनिन् । 
मन्तव्यको क्रममा उहाँले यतिबेदा देश चरम गरिबिको मारमा परेको सन्दर्भ जोड्दै विद्यालयले कृषि क्षेत्रमा समेत बालवालिकालाई जोड्न सकेको खण्डमा भोलिका दिनहरुमा अहिले बाँझो रहेको जमिन पुनः हराभरा हुनेमा आशावादी रहेको धारणा राखिन । विद्यालयले प्रमुख अतिथि रहेकी साँसद रानालाई सम्मान समेत गरेको थियो ।

प्रतिक्रिया