ठाटीकाँधमा बालबालिकालाई विपद् सचेतना

ठाटीकाँधमा बालबालिकालाई विपद् सचेतना

ठाटीकाँध -  दैलेखको  ठाटीकाँधमा बालबालिकालाई विपद्बारे सचेत गराइएको छ । ठाटीकाँध गाउँपालिका -२ स्थित आदर्श आधारभूत विद्यालयका बाल क्लबका विद्यार्थीहरूलाई सरसफाइ, गर्मी याममा देखापर्ने हावाहुरी, आगलागी तथा विभिन्न सरुवा रोगबारे सचेत गराइएको  हो । साथै, बाल हेल्पलाइन र टोल-फ्रि नम्बरको जानकारीसमेत प्रदान गरिएको छ।

एईआईएन लक्जेम्बर्गको साझेदारीमा सोसेक नेपालद्वारा ठाटीकाँधमा सञ्चालन भइरहेको ‘सहकार्य परियोजना’ अन्तर्गत उक्त छलफल कार्यक्रम सम्पन्न भएको हो। बाल क्लबका अध्यक्ष विकास शाही, सचिव नेमबहादुर शाहीसहित सात जना बालक र नौ जना बालिकाको सहभागिता रहेको कार्यक्रममा विद्यार्थीहरूबीच सुरक्षा उपाय तथा पूर्वसावधानीका विषयमा छलफल गरिएको सहकार्य परियोजनामा कार्यरत सामाजिक परिचालक मनसरा बिष्टले बताउनुभयो ।

कार्यक्रमका दौरान विद्यार्थीहरू विशेष गरी भर्खरै जडान गरिएको बिजुलीबत्तीबारे उत्सुक देखिए। पोलमा छोएको बेलामा के हुन्छरु करेन्ट लागेमा के गर्नेरु जस्ता प्रश्नहरू उठे । साथै, हावाहुरी तथा आगलागीको समयमा अपनाउनु पर्ने सुरक्षा उपायहरू, घटनास्थलमा कसरी प्रतिक्रिया जनाउने र कसलाई खबर गर्ने भन्ने विषयमा समेत छलफल गरिएको थियो ।

कक्षा ४ र ५ का विद्यार्थीहरूले विशेष रूपमा हावाहुरी र आगलागीका घटनाहरूका सम्भावित असरहरू तथा त्यसबाट जोगिन पूर्व सावधानी अपनाउने उपायहरूबारे जिज्ञासा राखेका थिए।

उनीहरूलाई विपद् व्यवस्थापनका आधारभूत उपायहरू, स्थानीय प्रशासन तथा उद्दार टोलीसँग सम्पर्क गर्ने तरिका, र समुदायस्तरबाट हुनसक्ने सहयोगबारे जानकारी प्रदान गरिएको बिष्टले जानकारी दिनुभयो ।

 सचेतनामूलक कार्यक्रमले बालबालिकाहरूलाई विपद् र जोखिम व्यवस्थापनमा सचेत बनाउन महत्वपूर्ण भूमिका खेल्ने विद्यालय प्रशासनले जनाएको छ।

प्रतिक्रिया