पाइप प्रणालीबाट खानेपानी उपभोग गर्ने घरधुरी बढ्दै

पाइप प्रणालीबाट खानेपानी उपभोग गर्ने घरधुरी बढ्दै

हुम्ला। दुर्गम जिल्ला हुम्लाका ८८ प्रतिशत घरपरिवारमा पाइप प्रणालीबाट आधारभूत खानेपानीको पहुँच पुगेको छ । खानेपानी सम्वन्धी काम गर्ने आधा दर्जन सरकारी तथा गैरसरकारी निकायले वर्षेनी खानेपानी योजना निर्माण गरेर सञ्चालनमा आएपछि हुम्लावासीको खानेपानीमा पहुँच बृद्धि हुँदै गएको हो ।

राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाको कुल घरधुरी संख्या मध्ये हालसम्म ८८ दशमलव १८ प्रतिशत हुम्लावासी खानेपानीको पहुँचमा रहेको खानेपानी, सिंचाई तथा उर्जा बिकास कार्यालयका प्रमुख ज्वालाराज शाहीले बताए । 
६३ दशमलव ८८ प्रतिशत हुम्लावासीका घरधुरी सार्वजनिक खानेपानीका धाराबाट पानी उपभोग गरिरहनु भएको छ भने २४ दशमलव ४० प्रतिशत हुम्लावासी व्यक्तिगत धारा निर्माण गरेर खानेपानी उपभोग गरिरहेका छन । आर्थिक वर्ष ०८०÷८१ सम्म जिल्लाको कुल घरधुरी ११ हजार २०४ रहेको छ । त्यसमा २ हजार ७२३ घरधुरी ब्यक्तिगत धाराको पानी प्रयोग गरिरहेका छन् भने ७ हजार १५७ घरधुरी सार्वजनिक धाराको पानी उपभोग गरिरहेका छन ।

ब्यक्तिगत र सार्वजनिक धाराबाट खानेपानी उपभोग गर्ने घरधुरी संख्या ९ हजार ८८० छ । तीन वर्षयता जिल्लामा धारा मार्फत खानेपानीको उपभोग गर्ने घरधुरी बृद्धि भइरहेको उहाँले बताए । 
जनगणना अनुसार हुम्ला जिल्लाको कुन जनसंख्या ५५ हजार ३९४ रहेको छ। चालु आर्थिक वर्षमा जिल्लाभर २८ वटा खानेपानी योजनाहरु निर्माणाधीन रहेको कारण असारसम्म ती योजनाको निर्माण कार्य सम्पन्न हुने र अझै जिल्लामा खानेपानीको उपभोग गर्ने घरधुरी संख्या बृद्धि हुने बिस्वास ब्यक्त गरे । 
व्यवस्थित पाइप प्रणाली मार्फत खानेपानीको उपभोग गर्ने घरधुरी बृद्धि हुनुमा खानेपानी तथा सरसफाईका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायहरु बढी भएको कारण त्यो सम्भव भएको हो ।

हाल जिल्लामा खानेपानी तथा सरसफाइको क्षेत्रमा काम गर्ने संङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय तह, सबैका लािग दिगो खानेपानी र सरसफाइ आयोजना (सुस्र्वा) गुडनेवर्स इन्टरनेस्नल नेपाल लगायतका संस्थाहरुले खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा काम गरिरहेका छन् । साभार ः राजन रावत,हुम्ला वासखवर 

प्रतिक्रिया