गलत गर्ने जुनसुकै होस कारवाही हुनुपर्छ :शाही

गलत गर्ने जुनसुकै होस कारवाही हुनुपर्छ :शाही

दैलेख  ।  उपभोग्य वस्तुमा मिसावट वा गुणस्तरहीनका विक्री वितरण गर्ने जो सुकै भएपनि कारवाही गर्नुपर्ने जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले बताए । गएको शनिवार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखले जिल्ला सदरमुकाममा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन । 
उनले भने, अनियमितता र अराजकतालाई प्रसय दिनु हुदैन ।  उपभोग्य बस्तुमा मिसावट वा गुणस्तरहीन बेच्ने तथा वितरण गर्नेहरु आफन्त भए संरक्षण गर्ने र अरु परे कारवाही गराउने पक्षपात व्यवहारले उपभोक्ता माथि अन्याय हुन्छ । गलत गरेको जुनसुकै भएपनि कारवाही गर्नुपर्छ ,प्रमुख शाहीले भने । 
त्यसैगरि नारायण नगरपालिकाका उपप्रमुख तप्ताकुमारी थापाले उपभोक्तालाई स्वच्छ खाद्यबस्तु उपलब्ध गराउन पशु वधशाला बनाउन लगायत नगरपालिकाले लगानी गरिरहेको जानकारी दिईन । दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले बजार अनुगमनलाई प्रभावकारी बनाउन स्थानीय तहहरुको सहयोग आवश्यकता रहेको बताए । प्रशासनले अनुगमन गर्दैन भन्ने कुरामा सत्यता छैन । प्रशासन नियमित अनुगमन गरेको छ । कतिपयलाई हामीले कारवाही गरेका छौ । गोप्य आकस्मिक पनि अनुगमन हुन्छ । आजभोली शहर भन्दा पनि गाउँ गाउँमा म्याद सकिएका खाद्यवस्तु नागरिकले उपभोग्य गर्ने जानकारी दिदै गाउँ टोलमा सचेतना फैलाउनुपर्छ, उनले भने । 
सोही कार्यक्रम दैलेख जिल्लाका प्रहरी नायव उपरिक्षक सुनिल दाहालले ९० प्रतिशत नागरिकले म्याद सकिएको उपभोग्य बस्तुको बारे थाहा नपाउने गरेको बताए । उपभोक्ता आफु पिडित भएपनि अहिले सम्म कानुन प्रयोग गर्न सकेका छैन । गरिवीका कारण उधारो नदिने डर हुन्छ । विक्री गर्ने मान्छे  शक्तिमा हुन्छन् । समाजले पिडितलाई निरुत्साहित गर्छ । न्याय पाउदैनन् । कानुन कार्यान्वयनमा समाजको भुमिका ठुलो हुन्छ उनले भने । 
स्थानीय सरकार तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका कार्यालय प्रमुख शंकरबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग बाणिज्य संघ दैलेखका बरिष्ठ उपाध्यक्ष नरेन्द्र थापा, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अमर सुनार लगायतले विश्व उपभोक्ता अधिकार दिवसको महत्व बारे जानकारी गराएका थिए । 
अन्तरक्रिया कार्यक्रममा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेख शाखा अधिकृत पर्शुराम आचार्यले उपभोक्ता अधिकार सवालका प्रस्तूत गरेको  कार्यपत्रपछि भएको खुल्ला छलफलको क्रममा प्रेस यूनियनका सभापति अभिषेक सोनी, प्रेस सेन्टरका जिल्ला अध्यक्ष तीर्थ भण्डारी, युवा अभियन्ता विशाल योगीले सुझाव राखेका थिए भने डिभिजन वन कार्यालयका प्रमुख राधाकृष्ण दास, पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका प्रमुख प्रचण्ड खड्काले विश्व उपभोक्ता अधिकार दिवस र उपभोग्य बस्तुको गुणस्तर तथा सेवा सहजता विषयमा आफ्ना अनुभव सुनाएका थिए ।  

प्रतिक्रिया