राउटे समुदायको महाशत्रु सँग मित्रता जोडिदै

दैलेख । फरक रहनसहन, भेषभुषा, चालचलन, रितिरिवाज र संस्कृतिले राउटे समुदायले नेपाललाई विश्वभरी चिनाएको छन् । जसले गर्दा सांस्कृतिक विविधतामा एक ईट्टा थपेका छन् ।
नेपाल सम्पदा र कर्णाली प्रदेशको गहना भनेर चिनिने यो जाति दक्षिण एशियाको एक मात्र भ्रमणशिल समुदाय हो । कर्णाली प्रदेशका दैलेख, सुर्खेत, जाजरकोट, सल्यान, सुदुरपश्चिम प्रदेशको अछाम र लुम्बिनी प्रदेशका दाङ, बाँके जिल्लाका आसपासका जंगलमा फिरेन्त जीवनयापन गर्दै आएका छन् ।
नदीको किनारा, पहाड, टाकुरा जंगलमा बसाई सरिरहने यो समुदायलाई प्राकृतिक ज्ञानको भण्डार मानिन्छ । कुन सिजनमा कहाँ जाने हो भनेर योजनाबद्ध ढंगले मात्र बसाई सर्छन् । स्वार्थविहीन यो समुदायले आफुलाई ‘जंगलको राजा’ भन्न औधी मनपराउँछन् ।
नेपालमै बसोबास बसेपनि नागरिकता लिन अस्वीकार गरिरहेका छन् । नागरिकता लिन तीनै तहले प्रयास गरे,अहिलेसम्म सफल हुन सकेका छैनन । नागरिकता नलिएपनि नेपाली नागरिक हौं भनेर गौरव गर्ने यो समुदायको शान उत्तिकै गौरव गर्न लायक छ । तीनै तहका सरकारले लोपोन्मुख जातीको उत्थानको लागि प्रयास गरेपनि कुलधर्म विरुद्ध हुने भन्दै अस्वीकार गर्दै आएका छन् । तर सामाजिक सुरक्षाको भत्तालाई भने सहजै स्वीकार गरेका छन् ।
लेखपढ, खेतीपाती र स्थायी बसोबासलाई महाशत्रु ठान्ने यो समुदाय पछिल्लो समय परिवर्तनतिर उन्मुख हुन थालेको छ । राउटेका बुढापाकाले लेखपढलाई अस्वीकार गरेपनि पछिल्लो पुस्ताका युवा र बालबालिका भने सहजै स्वीकार गरेका छन् । एक निराक्षर समुदायलाई गैरसरकारी सँस्था सोसेक नेपालले राउटे समुदायमा जोडि शिक्षक राखेर साक्षर बनाई रहेको छ । राउटे जहाँ बसाई सर्छन त्यही पुगेर बालबालिकालाई मनोरञ्जनका खेल खेलाउने पढाउने गरेको लालबहादुर खत्रीले बताउनुभयो । शुरु शुरुमा पढाउन दिएन,बुढापाकाले लुकेर पढायौं । भिडियो मार्फत सिक्न लगायौं । अनि पढन लेख्न थाले । पछिल्लो पुस्ताले परिवर्तन चाहे पनि बुढापाका कुलधर्म विरुद्ध हुने भन्दै परम्पराको निरन्तरता चाहन्छन् । आजभोली पछिल्लो पुस्ताका बालबालिकाहरु सबैले नाम लेख्छन,हस्ताक्षर गर्छ अक्षर चिन्न थालेका छन् उहाँले भन्नुभयो ।
राउटे परियोजनाको जोडी शिक्षकले गर्दा राउटे समुदायका बालबालिकामा परिवर्तन आउनु साथै अक्षर चिन्दा आफुलाई खुशी लागेका सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले बताउनुभयो । हाम्रो उद्देश्य भनेको राउटे परिवर्तन चाहान्छन । यो सम्भव छ भनेर कार्यक्रम सञ्चालन ग¥यौं । एउटा निराक्षर समुदायलाई साक्षर बनायौं । सामाजिक सुरक्षा भत्ता बुझनेबेला,कार्यक्रममा सहभागी भएको बेला औठा छाप लगाउने आजभोली हस्ताक्षर गर्छन । परियोजना राउटे बालबालिका विद्यालय भ्रमण लिने गैरराउटेका बालबालिका सँगै सहभागी गराउने,अन्तरक्रिया गर्ने गैरराउटेका बालबालिका राउटेका बारे ज्ञान लिने राउटेले गैरराउटेको बालबालिका बारे ज्ञान लिन गर्दा राउटे गैरराउटे बालबालिका बिच ज्ञान आदानप्रदान भएको छ,एकले अर्कोलाई बुझन पाएका छन्,उहाँले थप्नुभयो ।
राउटे मुखिया सुर्यनारायण शाही भन्नुहुन्छ हामी त पढदैनौं । त्यो त तपाईहरुले पढने हामी पढयौं भने त हामी राउटे भयौं । तर वालबालिका पढछन । अव हाम्रा छोराछोरी परिवर्तन हुन्छन होला ।राउटे सकिन्छ होला । राउटे पनि तपाई दुनियाँ जस्तै हुन्छ होला । तर पढने काम हामीले कुनै रोकावट गरेका छैनौं ।
पढाईले आफुलाई यताउता जाँदा हिडडुल गर्दा सजिलो भएको बताउनुभयो । बजारमा गयाँ बेला यो ठाउँ कहाँ भनी सोध्नु परेन । आफुले कहाँ आयौं भनेर होटल पसलको वोर्डमा लेखेको हुन्छन् नि । कहिल्यै नमाझेका पहेला दाँत देखाउँदै फिस्स हाँस्दै राउटे युवा दिपक शाहीले बताउनुभयो ।
दिपक जस्तै बुझाई रहेको राउटे युवती गाँजली शाहीको पनि । पहिला त हामी कार्यक्रममा गएर पनि क्या लेख्याको होला पढन जानेको भए लाग्थ्यो । अरुले जे सुनायौ,त्यही साँचो लाग्थ्यो आजभोली अक्षर चिन्ने भएपछि यो कार्यक्रम रहेछ । यो गाउँपालिका पुग्यौं अक्षरबाट थाहा हुन्छन । पहिला गाउँका मान्छेलाई सोध्नु पथ्र्यौ अहिले पर्दैन ।
कु–काठका भाँडाकुँडा र सामग्री बनाई अन्नसँग साटेर जीविका चलाउने एउटै मात्र यो समुदायको सिप हो । नरम काठका कोसी मदुस, झुमा, खाट, पिर्का आरी लगायतका सामग्री बनाई गाउँमा लगेर अन्नसँग साटेर जीविकोपार्जन गर्छन् । पछिल्लो समय राष्ट्रिय वन सामुदायमा हस्तान्तरण हुँदा राउटेले चाहे अनुसारको कु–काठ काट्न पाउँदैनन् । जसले गर्दा पुख्र्यौली पेसा हट्ने होकी भन्ने चिन्ता उनीहरुमा रहेको पाइन्छ । पहिला कु–काठका भाँडाकुडा बनाएर अन्न सँग साट्थे । अब काठ नै काट्न नदिएपनि बाँच्न गाह्रो भइरहेको उनीहरुको भनाइ छ ।
प्रतिक्रिया