जिउँदो गाई खोलामा बगाउनेलाई कडा कारबाही गर्न सांसद रानाको माग

काठमाडौँ – प्रतिनिधिसभामा बाजुरामा मृत आत्माले शान्ति पाउने मान्यताका कारण जिउँदो गाईलाई कुटीकुटी खोलामा बगाएको घटनाबारे कुरा उठेको छ । कांग्रेस सांसद सीताकुमारी रानाले जिउँदो गाई खोलामा बगाउनेलाई कडा कारबाहीको माग गर्नुभएको छ ।
‘गाईलाई खोलामा बगाएर मारेपछि मृत आत्माले शान्ति पाउँछ भन्ने मान्यतासम्बन्धी निकृष्ट कार्य रोक्न माग गर्दछु,’ सांसद रानाले भन्नुभयो ।
बाजुरा जगनाथ गाउँपालिकामा ‘गौदान गरेको दृश्य’ भनेर सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गरिएको थियो । त्यो भिडियोमा एउटा कालो रङको गाईलाई कुटीकुटी नदीमा लखेटिएको देखिन्छ । बाजुरा जिल्ला जगनाथ गाउँपालिका वडा नम्बर ६ काप्रेमा यस्तो घटना घटाइएको हो ।
प्रतिक्रिया