खाडाचक्रमा बाल संरक्षण र मनोसामाजिक क्षमता विकास सम्बन्धि तालिम

कालिकोट । कालिकोटको खाडाचक्र नगरपालिकामा मनोसामाजिक क्षमता विकास, लैङ्गिक समानता तथा समावेशीकरणसम्बन्धी तालिम सम्पन्न भएको छ ।
एइआइएन लक्जेम्बर्गको साझेदारी खाडाचक्र नगरपालिकाको समन्वय, सोसेक नेपालद्वारा संचालित आधार परियोजनाको सहजीकरणमा उक्त तालिम सम्पन्न भएको हो । खाडाचक्र नगरपालिका वडा नम्बर –३ की दलित महिला सदस्य मुगा दर्जिको अध्यक्षता रहेको थियो ।
उक्त तालिम खाडाचक्र नगरपालिका–१ स्थित सनलाइट होटलमा आयोजना गरिएको थियो, जहाँ नगरपालिकाका वडा नम्बर - १ देखि ५ का जनप्रतिनिधिहरू, शिक्षक–शिक्षिका, गठित महिला समूहका सदस्यहरू तथा बाल क्लबका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्देश्य बाल अधिकारको संरक्षण, लैङ्गिक समानताको प्रवर्द्धन तथा समावेशी समाज निर्माणका लागि सहभागीहरूलाई ज्ञान तथा सीप प्रदान गर्नु रहेको थियो बताइएको छ । तालिमको क्रममा सहभागीहरूले बालमनोविज्ञान, लैङ्गिक विभेद न्युनीकरण तथा सामाजिक समावेशीताका विविध पक्षहरूबारे जानकारी प्राप्त गरेको बताएका छन् ।
यस्ता तालिमहरुले स्थानीय तहका जनप्रतिनिधि, शिक्षक, महिला समूह तथा बाल क्लबका सदस्यहरूलाई बाल अधिकार तथा सामाजिक समावेशीताका क्षेत्रमा प्रभावकारी कार्य गर्न उत्प्रेरित गर्ने विश्वास लिइएको सहभागीको भनाई रहेको थियो ।
प्रतिक्रिया