यस्तो बन्यो दशौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट
_cYRlYj5m2A_pijjczjlzehk1dsjwu1vlubdjqwdjfovgvv5160ctuxididebf82tr63becs_tlX98bIQ9t_w8cjjbiw5zrz5zsigkygi0ooiz7st0smbfn40viruu3jw7hbcmvamau3hzlh.jpg)
सुर्खेत । आगामी जेठमा कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक भएको छ । मंगलबार ललितपुरस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले लोगो र मस्कट सार्वजनिक गरे । नेपाली खेलकुदको महाकुम्भ मानिने राष्ट्रिय प्रतियोगिताका लागि मस्कटमा रेड पाण्डा राखिएको छ भने लोगोमा सात रङ, चन्द्र र सूर्य अंकित छ ।
राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी जेठ ३–१० गते गर्ने तयारी गरेको छ । यसका लागि काठमाडौं र कर्णाली प्रदेशको सुर्खेतमा सचिवालय स्थापना गरिसकेको छ । सुर्खेतमा सचिवालय स्थापना भएपनि तयारीका काम भने सुरु गरिएको छैन् ।
मन्त्री चौधरीले दशौं राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडी र प्रशिक्षकको अनलाइन दर्ता प्रणाली समेत सार्वजनिक गरेका छन् । अनलाइन प्रणालीमा खेलाडी र प्रशिक्षकले आफ्नो नाम दर्ता गराउन सक्नेछन् । मंसिर र चैतमा तयारी नपुगेपछि राखेपले पछिल्लो मिति तय गरेको हो ।
प्रतियोगिताको आयोजक राखेप हो भने सह–आयोजक एवं व्यवस्थापक कर्णाली प्रदेश खेलकुद विकास परिषद् हो । राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुदमन्त्री चौधरीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अब नसर्ने दाबी गरेका छन् ।
प्रतिक्रिया