पुर्व राजा शाह गोरखा जाँदै

पुर्व राजा शाह गोरखा जाँदै

काठमाडौं । पूर्वराजा शाह ज्ञानेन्द्र शाहले गोरखास्थित मनकामना मन्दिरमा पूजाअर्चना गर्ने भएका छन । शाहका सम्बाद सचिव डा.फणीराज पाठकले बुधबार सूचना जारी गर्दै यसैसाता पूर्वराजा शाह गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा पूजा अर्चना गर्न जान लागेको जानकारी गराएका छन ।

हालै भएको प्रदर्शनवाट हौसिएका पूर्वराजा शाह र उनी समर्थक राजावादीहरूका गतिविधिले राष्ट्रिय अन्तराष्ट्रिय चर्चा परिचर्चा पाइरहेको बेला उनी पुर्ख्यौली थले गोरखा जान लागेका हुन् ।

गोरखनाथको आशीर्वाद र प्रेरणाका कारण द्रव्य शाह र पृथ्वीनारायण शाहले जित हासिल गरेको विश्वास गरिन्छ । पूर्व राजाले वर्तमान राजनीतिक व्यवस्थाप्रति असन्तुष्टि जनाउदै आएका छन् । लामो समय पोखरा बसेर फर्कने क्रममा अघिल्लो साता पूर्व राजाको काठमाडौंमा भव्य स्वागत भएको थियो ।

पूर्व राजाको स्वागतमा जनउपस्थिती बढेपछि राजवादीहरुले आगामी चैत्र १५ गते काठमाडौंमा राजसंस्थाको माग गर्दै प्रदर्शनको तयारी गरेका छन् ।

प्रतिक्रिया