डोग्रा कृषक समूहका सदस्यहरुलाई बेमौसमी तरकारीको बीउ वितरण

ठाटीकाँध – दैलेखको ठाटीकाँध गाउँपालिका –१ मा गठित डोग्रा कृषि तथा पशुपालन कृषक समूहका सदस्यहरुलाई बेमौसमी तरकारीको बीउ वितरण गरिएको छ। एइआईएन लक्जेम्बर्गको साझेदारी सोसेक नेपालद्वारा ठाटीकाँधमा संचालित सहकार्य परियोजनाद्वारा २४ जना कृषकलाई बीउ वितरण गरिएको हो ।
बीउ वितरणमा मौसमी तथा बेमौसमी तरकारी खेतीको परिचय, महत्व, फाइदा तथा रोग किरा व्यवस्थापनसम्बन्धी विस्तृत छलफल गरिएको थियो । कृषकहरूलाई आधुनिक प्रविधि अपनाएर व्यावसायिक कृषि उत्पादन बढाउने विषयमा जानकारी प्रदान गरिनुका साथै व्यावहारिक समाधानका उपायहरू प्रस्तुत गरिएको सहकार्य परियोजना कृषि प्राबिधिक भुपेन्द्र सिजापतिले जानकारी दिनुभयो ।
उहाँका अनुसार कृषकहरूलाई काक्रा, फर्सी, भान्टा, सिमी, बोडी, लौका, खुर्सानी तथा सागसब्जीका विभिन्न प्रजातिहरूको बीउ वितरण गरिएको थियो । सहकार्य परियोजनाले स्थानीय कृषकलाई आत्मनिर्भर बनाउन तथा कृषि उत्पादन वृद्धि गर्न महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको सिजापतिले बताउनुभयो ।
प्रतिक्रिया