दैलेखमा हाईस दुर्घटना : पाँच जना घाइते, तीनको अवस्था गम्भीर

दैलेख - दैलेख सदरमुकामबाट पश्चिम आठबिसतर्फ गइरहेको ००१ ज ०६२१ नम्बरको विद्युतीय हाईस मध्यपहाडी लोकमार्गअन्तर्गत दैलेखको भैरवी गाउँपालिका–२, रावतकोटस्थित वडा कार्यालय नजिक दुर्घटना भएको छ।
दिउँसो करिब २ बजे भएको दुर्घटनामा गाडी सडकबाट करिब ३० मिटर तल खसेको थियो। प्रत्यक्षदर्शी स्थानीयवासीका अनुसार तीव्र गतिका कारण गाडी अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनापछि भैरवी गाउँपालिकाकी उपाध्यक्ष देवी भण्डारी सहित स्थानीयवासीले घाइतेहरूको उद्धार गरी गाउँपालिकाकै गाडीमार्फत दैलेख अस्पताल पठाएका थिए। प्रहरीका अनुसार घाइते पाँच जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ।
गाडीको अगाडिको भागमा ठूलो क्षति पुगेको छ भने हालसम्म पनि गाडी पूर्ण रूपमा बन्द भइसकेको छैन। यद्यपि, इन्जिन भने अझै चलिरहेको बताइएको छ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ।
प्रतिक्रिया