सरकारले गरेका प्रतिवद्धता पुरा गर्न बिरेन्द्रनगरमा सराेकारवाला बिच छलफल
परियोजनाका हालसम्मका गतिविधिहरूको गरियो मूल्यांकन

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा सञ्चालन भइरहेको ‘सशक्त महिला समृद्ध नेपाल’ कार्यक्रम अन्तरगतका गतिविधिहरु साथै सरकारले गरेका प्रतिवद्धताहरु पुरा गर्ने बारे नगर प्रमुख मोहनमाया ढकालको अध्यक्षतामा बसेको बैठकमा छलफल गरिएकाे छ ।
सन् २०२४ देखि सोसेक नेपालमार्फत वीरेन्द्रनगरका तीन वडामा लागू गरिएको यस परियोजनाले किशोरकिशोरीका अभिभावकलाई रुपान्तरण कक्षा, साथी शिक्षाकलाई १६ दिने तालिम तथा स्थानीय योजना प्रक्रियामार्फत समुदायमा परिवर्तन ल्याउने कार्यक्रम सञ्चालन गरिरहेको परियोजना प्रबन्धक रमेश थापाले जानकारी दिनुभयो ।
साथै, साथी सहजकर्ताको त्रैमासिक बैठक, अन्तरपुस्ता संवाद, शिक्षकहरूलाई सीएसइ तालिम, एफआईसी कार्य क्षमता समीक्षा तथा सुदृढीकरणका गतिविधिहरू पनि परियोजनाले सञ्चालन गर्दै आएको छ।
नगर प्रमुख ढकालले नगरपालिकालाई महिलामैत्री बनाउन पहल भइरहेको भन्दै यस परियोजनाले प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा, स्यानिटरी प्याड वितरण जस्ता कार्य भइरहेको उल्लेख गर्दै थप नतिजामुखी कार्यक्रम ल्याउन आग्रह गर्नुभयो । युरोपियन युनियन र सयुक्त राष्ट्र सघको सहयोगमा ‘सशक्त महिला समृद्ध नेपाल कार्यक्रम हानिकारक सामाजिक मान्यता परिवर्तन र लैंगिक हिंसा रोकथाम, महिलाहरुको आर्थिक शसक्तिकरण तथा लैंगिक हिंसा प्रतिकार्य महिलाहरुको नेतृत्व विकास र प्रतिनिधित्वका लागि नेपालको मधेश, कर्णाली र सुदुरपश्चिम गरी ३ वटा प्रदेशमा सञ्चालनमा छ ।
प्रतिक्रिया